काठमाडौं– यात्रु बनेर ट्याक्सी चालकलाई लुट्ने तीन जना पक्राउ परेका छन्। नुवाकोटका कबिन परियार, टोखाका राहुल शिल्पकार र झापाका बिराज ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार उनीहरुले २ वटा ट्याक्सी चालकलाई लुटेका हुन्। बा २ ज २७१३ र बा २ ज ३६६९ नम्बरको ट्याक्सीका चालकलाई लुटेका हुन्। यात्रु बनेर हेपाली हाइटीमा लगी एकान्तस्थलमा रोक्न लगाई चक्कु देखाएर उनीहरुको मोबाइल, नगद र औंठी लगायत धनमाल लुटेका हुन्।
चालकको टाउकोमा चक्कु र हाते बञ्चरो राखेर उनीहरुले लुटेका थिए।
लुट्नेमध्ये २ जना बिहीबारै पक्राउ परेका थिए भने ढकाल शुक्रबार पक्राउ परेका हुन्। महानगरीय प्रहरी प्रभाग बुढानिलण्ठले उनीहरुलाई पक्राउ गरेको हो। लुटिएको धनमाल समेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।