काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। नेता खनालको चीन सिचुवानस्थित इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा उपचार भइरहेको छ। उनको प्यारा थाइराइड र मिर्गौलामा पत्थरीको शल्यक्रिया गरिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीले खनालको उपचारमा सहयोग पुर्याइरहेको बताइएको छ। पाँच दिनअघि चीन गएका खनाल थप एकसाता चीनमै रहनेछन्। उपचारका लागि खनाल जेठको पहिलो साता पनि चीन गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।