काठमाडौं– सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनसन बसेका डा गोविन्द केसीबीचमा भएका सहमतिका विषयमा आफ्नो धारणा स्पष्ट गर्नका लागि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरि जानकारी गराउने भएको छ।
चिकित्सा क्षेत्र सुधारका लागि सरकारले गठन गरेको माथेमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा तयार भएको अध्यादेश तोडमोड गरेपछि डा केसी २७ दिन अनसन बसेका थिए। शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश हुबहु पारित गर्न कांग्रेसले माग गरिरहेको थियो।
कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।