• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुनसरी ४- कार्कीलाई जित्न कांग्रेसकै मत काफी,  गठबन्धन गर्दा एमालेभन्दा झण्डै दोब्बर मतले अगाडि

64x64
नेपाल लाइभ आइतबार, भदौ १९, २०७९  २१:२९
1140x725

काठमाडौं–  सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की सिफारिस भएका छन्। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्कीलाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै कार्की उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। कांग्रेसका तर्फबाट उनले ३२ हजार ३४७ मत प्राप्त गरेका थिए। वाम गठबन्धनबाट उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश श्रेष्ठले जम्मा २५ हजार ७५० मत प्राप्त गरेका थिए। 

पार्टीको क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारका लागि सिफारिस भएका कार्की आगामी निर्वाचनमा सुनसरी ४ बाट उम्मेदवार बन्ने लगभग पक्कापक्कीजस्तै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका ‘विश्वासपात्र’ मानिने कार्कीलाई गठबन्धनका अन्य दलले पनि सुनसरी ४ को उम्मेदवार बन्न ‘चुनौती’ दिने सम्भावना छैन। 

सिट संख्या र निर्वाचन क्षेत्रको भागबण्डाका विषयमा गठबन्धनका दलहरु ‘सहमति’ जुटाउने प्रयास गरिरहेका छन्। तर, कार्की भने सुनसरी ४ बाट उम्मेदवार हुने सन्दर्भमा ढुक्क जस्तै छन्। 

कार्की उम्मेदवार हुने मात्र होइन, सुनसरी ४ बाट विजयी हुनेमा पनि ढुक्क छन्। त्यसको कारण हो, स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रअन्तर्गत पर्ने पालिकाअन्तर्गत वडामा पार्टी (नेपाली कांग्रेस)ले प्राप्त गरेको मत। 

Ncell 2
Ncell 2

उक्त क्षेत्रमा रामधुनी नगरपालिकाको ४, बराह क्षेत्र नगरपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडा, इनरुवा नगरपालिकाका ३, ४ र ८ नम्बर वडाका साथै कोशी, भोक्राह नरसिंह र हरिनगर गाउँपालिका पर्दछन्। 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतअनुसार सुनसरी ४ मा कांग्रेस पहिलो पार्टी छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २९ हजार ८१९ ल्याएका छन् भने दोस्रो एमालेको २० हजार ९४० मत मात्रै छ। यसरी हेर्दा कांग्रेस एक्लै एमालेमाथि ‘भारी’ देखिन्छ। 

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत समेत राम्रै छ। जसपा ८ हजार ४०५, एकीकृत समाजवादी ४ हजार २४९ र माओवादी केन्द्रको ३ हजार ९२५ मत रहेको छ। यो समेत जोड्दा गठबन्धनको मत एमालेको भन्दा झन्डै दोब्बर अर्थात् ३८ हजार ८३८ पुग्छ। 

कार्की आफू जित्नेमा ढुक्क हुनुको अर्को कारण हो– उक्त क्षेत्रमा प्रतिस्पर्धी दल एमालेका कुनै प्रभावशाली उम्मेदवार नहुनु। वामपन्थी मत एकजुट हुँदा पनि ६ हजार बढीको मतान्तरले जित हासिल गरेका कार्की यसपटक दुई कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पनि जोडेर फराकिलो जित हासिल गर्ने तयारीमा छन्। 

क्षेत्रीय समितिबाट एकल रुपमा उम्मेदवार सिफारिस भएका कार्कीले पार्टीबाट ‘अहसयोग’ (अन्तर्घात) बेहोर्ने सम्भावना पनि कम छ।  

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि बाघ गणना हुँदै
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी
सम्बन्धित सामग्री
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि... मंगलबार, पुस १, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
आजदेखि बाघ गणना हुँदै मंगलबार, पुस १, २०८२
एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्