कास्की– कास्कीको पोखरा महानगरपालिका–३० लेखनाथको माथिल्लो गगनगौडामा शुक्रबार बिहान भएको दुर्घटनामा एकको मृत्यु भएको छ।
मिनि ट्रकको ठक्करबाट पैदलयात्री ३० बर्षीय पुरुषको मृत्यु भएको हो।
दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३७१४ नम्बरको मिनिट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा बिहान सवा ८ बजे मृत्यु भएको हो। मृत्तकको सनाखत हुन बाँकी रहेको वडा प्रहरी कार्यालय गगनगौडाले जनाएको छ।पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको ट्रक बिजुलीको पोलमा समेत ठोकिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।