काठमाडौं– नेकपा संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा गोविन्द केसीसँग भएको सहमतिका बारे जानकारी गराउन बैठक बोलाइएको बताइएको छ।
डा केसीको माग अनुरुप विधेयकलाई संशोधन गरी संसदमा पेश गर्नेबारे संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसदहरुलाई ब्रिफिङ गर्नेछन्।
नेम्वाङपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुलाई जानकारी गराउने बताइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।