जनकपुर– प्रदेश २ को सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को बैठकले दलित समुदायको आर्थिक, सामाजिक र शैक्षिक अवस्थालाई उकास्न ‘दलित सशक्तिकरण विधेयक’ तथा मुस्लिम समुदायमा सञ्चालनमा रहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरि ‘मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक’लाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।
यसअघि गत सोमबार मात्रै प्रदेश लोकसेवा आयोग (कार्यविधी) गठन सम्बन्धि विधेयक, प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धि विधेयक, गाँउसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धि विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश फ्रिक्वेन्सी मोड्युलेसन (एफएम), रेडियो र टेलिभिजन सञ्चालन र नियमन सम्बन्धि विधेयक र लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक २०७५ को मस्यौदा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिपछि सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा तयार गरि संसदमा पेश गर्ने बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।