काठमाडौं– गत असार २९ गतेबाट प्रर्दशनमा आएको फिल्म बाबु कान्छा पुर्णरुपमा असफल भएको फिल्मका निर्देशक सोभित बस्नेतले स्विकार गरेका छन्।
पहिलो पटक फिल्मको मुख्य अभिनेताका रुपमा देखिएका सलोन फिल्म बाबु कान्छामा पुर्ण असफल बने। तर सलोनकाे असफलताकाे जिम्मेवारी भने उनका बुवा तथा निर्देशक शाभित बस्नेताले लिएका छन् ।
गत बुधबार काठमाडौंको क्युज सिनेमाहलमा आयोजित एक कार्यक्रममा बोल्दै सलोनका बुबा तथा फिल्मका निर्देशक बस्नेतले सलाेन असफलहुनुमा अाफ्नै गल्ती रहेकाे स्विकार गरेका हुन्।
चक्लेटि नायकका रुपमा परिचित सलोनको विकाउ अभिनय भनेको रोमान्टीक हास्य विधा रहेको र निर्देशकको हैसियतले उनलाई भावुक र रोनाधोनाको बिधा सुम्पिदिनाले यस्तो नतिजा भोग्नुपरेको शोभितको भनाई छ।
सलाने बस्नेत अब पुनः फिल्म सुश्री सम्पतिमा मुख्य अभिनेताका रुपमा देखिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।