• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दाङमा डेंगुका बिरामी बढे, दैनिक २० जनासम्म अस्पताल पुग्छन् 

प्रिया स्मृती गजमेर शनिबार, भदौ ११, २०७९  १७:३३
1140x725

दाङ– यहाँ अहिले डेंगुका बिरामी उपचारका लागि जाने क्रम बढ्न थालेको छ । केही समयअघि बुटवल, नारायणघाटबाट आएकाहरुमा डेंगु पुष्टी भएको थियो । एक्कासि टाउको दुख्ने र वान्ता हुन थालेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पुगेका ती व्यक्तिमा डेंगु पुष्टी भएको थियो । 

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखा र टाउको दुख्ने लक्षण देखिएका बिरामी बढ्न थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दैनिक १५ देखि २० जना बिरामी उपचारार्थ पुग्ने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै घोराही १४ स्थित अटो टाउन भिलेजमा कार्यरत रहेका छन् । अस्पतालमा आउनेमध्ये अटो भिलेजका बिरामीमा डेंगु देखिने गरेको प्रतिष्ठानका फिजिसियन रमेश कँडेलले बताए। 

डेंगुको प्रकोप घोराही उपमहानगरपालिकामा बढ्दो क्रममा रहेको घोराही उपमहानगपालिका स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्ती बताए । उनका अनुसार पालिकाको अटोभिलेज टाउनमा बढी प्रकोप देखा परेको छ । अहिले अटोभिलेजमा हप्ता दिनमै २० जनाभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् । यसले गर्दा डेंगुको संक्रमण दर अझ बढ्न सक्ने अनुमान गरिएको उनले बताए।

‘डेंगु लामखुट्टेको टोकाईबाट सर्ने हुँदा संक्रमित मान्छे धेरै ठाउँमा डुल्दा त्यसको प्रभाव फैलिने सम्भावना हुन्छ,’ घर्तीले भने, ‘हामीले सचेतना फैलाउँदै नियन्त्रणको प्रयास शुरु गरिसकेका छौं ।’

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले पनि डेंगु नियन्त्रणका लागि काम थालनी भएको जानकारी दिए । बाहिरी जिल्लाबाट आएका केहीमा डेंगु संक्रमण देखिएकोमा अहिले अटोभिलेजमा रहेका धेरैमा समस्या देखिएका उनले बताए । यसमा गम्भीर बन्न उनले आग्रह गरे।

हाल घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही नीजि स्वास्थ्य संस्थामा डेंगु रोग परीक्षण हुने गरेकोमा परीक्षणका दायरा बढाउने तयारी भएको छ । परीक्षणका लागि जिल्लामा कीट अभाव भएको शाहीको भनाई छ । 

‘अहिलेको अवस्थामा डेंगुको संक्रमण देखा परेकाले सतर्क हुने बेला आएको छ, कसलाई कतिबेला सर्छ थाहा हुँदैन, हामीसँग परीक्षण गर्न किट अभाव छ, रोग नियन्त्रण महाशाखामा जानकारी गराएका छौं,’ उनले भने । डेंगु रोग परिक्षणसँगै सरसफाई र सचेतना फैलाउनु पर्ने भएकाले स्थानीय सरकार, वडा कार्यालय र टोलविकास संस्थाहरुलाई विशेष ध्यान दिन सचेत गराइएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

डेंगुकै संक्रमण भएको मानिसको रगत चुसेको लामखुट्टेले अर्को मानिसलाई टोक्दा संक्रमण भइहाल्ने उनको भनाई छ । डेंगुले सामान्यतया मानिसमा हुनुपर्ने १० देखि १५ हजार प्लेटलेट्स घटाउने र रगत नै चढाउनुपर्ने स्थिति बनाइदिने उनले बताए । 

वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाको नेतृत्वमा स्वास्थ्य कार्यालयका ल्याब टेक्निसयन, वडा प्रहरी, अटोभिलेज समितिका पदाधिकारीबीच डेंगु नियन्त्रणसम्बन्धी अन्तरक्रियापश्चात शुक्रबारबाटै नियन्त्रणको काम शुरु भएको छ ।

प्रत्येक हप्ता टोल सफाई गर्ने, पानी जम्न सक्ने वस्तुको व्यस्थापन गर्ने, झुल प्रयोग गर्ने, धुप प्रयोग गर्ने, ज्वरो आएका बिरामीलाई अस्पताल पुर्याउने, जथाभावी औषधि प्रयोग नगर्ने तथा सचेतना फैलाउने काम सुरु भएको घोराहीका स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए ।

रोग फैलिन नदिन स्थानीय बासिन्दा, सरोकारवालासँग आपत्कालीन बैठक गरेर औषधि छर्कने, बिरामीलाई उपचारका लागि अस्पताल पठाउने तथा रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको उनले बताए । यसलाई पालिकाका सम्भावित ठाउँमा अभियानका रुपमा लैजाने उनको भनाइ छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संक्रमण भएका व्यक्तिले अधिकतम झोल पदार्थ पिउनुपर्ने चिकित्सकको सुझाव छ । बाहिर हिंड्दा पूरा शरीर ढाक्ने लुगा लगाउने, घर आसपास पानी जम्ने स्थान पुर्न सुझाव दिएका छन्।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवालालाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमै लार्भा नष्ट गर्ने उद्देश्यले गरिएको कार्यक्रमलाई निरन्तरता दिने गरी अघि बढेको पालिकाले जनाएको छ । 

कुनै ठाउँमा सफा पानी दुई दिनदेखि तीन दिनसम्म रहे डेंगु फैलाउने एजिप्टाई लामखुट्टेले फुल पार्न सक्ने र त्यसबाट जन्मने सबै लामखुट्टेमा भाइरस हुने स्वास्थ्य कार्यालयको भनाई छ।
 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्