काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियो भ्रमणमा निस्किएका छन्। नेकपाकै अर्का नेता भानु भक्त ढकाल तथा कांग्रेस नेतृ सुजाता कोइराला समेत भ्रमण टोलीमा छन्।
कम्बोडियामा हुन गइरहेको संसदको निर्वाचनमा पर्यबेक्षकका रुपमा भाग लिन उनीहरु त्यहाँ जान लागेका हुन्।
नेता नेपाल डेकोक्याट्स इन्टरनेशनमा आबद्धताका आधारमा चुनावको पर्यवेक्षणमा जान लागेका हुन्। सो क्रममा उनले त्यहाँ नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।