काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले डा गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ‘ग्रान्ड डिजाइन’ भएको गम्भीर आरोप लगाएका छन्।
सरकारविरुद्धको राजनीतिक ‘ग्रान्ड डिजाइन’ भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ। उनले डाक्टर केसीको माग बहुमत प्राप्त सरकारविरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गरे।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले पाँच वर्ष सरकारको विकल्प खोज्ने चेष्टा नगर्न पनि कांग्रेसलाई चेतावनी दिए। नेता भट्टराईले अर्को निर्वाचन नभएसम्म सरकार निर्विकल्प भएकाले त्यसको विकल्प खोज्ने हतारो गर्नु बेकार हुने पनि स्पष्ट पारे।
उनले कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।