काठमाडौं– सर्वोच्च अदालत लक्ष्य अनुसार मुद्दा फर्स्याैट गर्न असफल भएको छ। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/०७५ को समिक्षा प्रतिवेदनमा लक्ष्य अनुसार मुद्दा फस्र्यौट गर्न नसकिएको स्विकार गरिएको छ।
निर्धारण गरिएको लक्ष्यभन्दा २० प्रतिशत कम मुद्दा फर्स्याैट गरिएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए।
लक्ष्य अनुसार मुद्दा फर्स्याैट नभएपनि सर्वोच्च अदालतले गत आर्थिक वर्षमा २०७३/०७४ को भन्दा करिब ३ प्रतिशत मुद्दा बढी फर्स्याैट गरेको छ। आर्थिक वर्ष २०७३/०७४ मा ५३ दशमलव ७८ प्रतिशत मुद्दा फर्स्याैट गरेकोमा आर्थिक वर्ष २०७४/०७५ मा ५६ दशमलव ५९ प्रतिशत मुद्दा किनारा लगाउन सफल भएको हो।
गत आर्थिक वर्षमा जम्मा २ लाख १२ हजार ३ सय ९७ थान मुद्दा रहेकोमा १ लाख २० हजार १ सय ८९ थान मुद्दाकाे फैसला भई टुंगाे लागेकाे सर्वोच्च अदालतको वार्षिक समिक्षा प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।