रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरो जादाँ करिब ७ जना बेपत्ता भएका छन्। मध्यरात अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ ७ जना बेपत्ता भएका रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
उनले भने, ‘पहिरोले दुई घर पुरिएको छ, पुरिएको घरमा ७ जना फसेका हुन सक्छन्। राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको छ।’ पहिरोमा परि १२ जना घाइते भएका छन्। घाइते १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
रातिको समयमा उद्दार मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई बिहान मात्रै जिल्ला अस्पताल तथा काठमाडौं पठाइएको रसुवा प्रहरीले जनाएको छ। रातिको समयमा पहिरो गएका कारण क्षतिको यकिन विवरण आउन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।