बेरुत- सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेको संख्या १ सय ५० नाघेको छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारी अनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो। घटनाको इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको छ।
आक्रमणकारीहरूले ३ वटा आत्मघाती आक्रमणको योजना बनाएको अनुगमनकर्ताहरूले बताएका छन्।
उनीहरूका अनुसार ती आत्मघाती हमलामा परी १ सय ५६ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये ६२ जना आमनागरिक छन्।
पछिल्लो समयमा भएका घटनामध्ये यो आक्रमण सबैभन्दा ठूलो र दुःखदायी भएको बताइएको छ।
सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा भएको यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्स'ले जनाएको छ। एएपफी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।