जनकपुर– प्रदेश २ को सरकार तेस्रो पटक विस्तार भएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले राज्यमन्त्रीमा सिफारिस गरेका डा डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डलले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।
तीनै जनालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका हुन्। डा डिम्पल झाले भौतिक योजना, अभिराम शर्माले सामाजिक विकास र सुरेश मण्डलले वन–पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
सपथ ग्रहण समारोहमा सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीहरु, सरकारका सचिवहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।