काठमाडौं– फर्निचरबाट काठ चोरी गरी ट्रकमा लैजाँदै गरेको अबस्थामा काभ्रे घर भई हाल ग्वार्को बस्ने २२ वर्षीय विकाश तामाङ समेत ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको सूर्यविनायक–४ दधिकोट एकता चोकमा रामेछाप घर भएका कृष्ण दाहालको खाँडादेवी रामेछाप स्टिल एण्ड फर्निचर उद्योगको बाहिर राखेको करीब २ लाख २४ हजार रुपैयाँ बराबरको ४० क्यु फिट नेपाली सखुवाको काठ बा.१ ख ८६१० नम्बरको ट्रकमा चोरी गरी लैजाँदै गरेको अबस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।