मस्को– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर ‘उपयोगी सम्पर्क’ भइरहेको छ।
यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा रहने सहमति भएबमोजिम उनीहरू सम्पर्कमा रहिरहेको रुसको प्रमुख प्रशासनीक केन्द्रका अधिकारीहरूले बताएका छन्।
रुस र अमेरिकाका बीचमा रहेको कूटनीतिक चिसोपन कम गर्न यस्ता भेटघाट र वार्ताहरूले सहयोग पुग्ने विश्वास गरिएको छ।
पुटिन र ट्रम्पको शिखर सम्मेलन गत हप्तामात्रै फिनल्याण्डको हेल्सिन्कीमा भएको थियो। सम्मेलनमा ट्रम्पको भूमिकालाई लिएर कतिपय उनकै शुभेच्छुकहरूले चर्को आलोचना गरेका थिए।
यसै वर्षको अन्त्य तिर अमेरिकाको वासिङ्टनमा दुई नेताको अर्को शिखर बैठक गर्ने सहमति पनि भएको जनाइएको छ। तर दुवैतर्फबाट यसका लागि कुनै तयारी भने नभएको अधिकारीहरूले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।