काठमाडौं – फिल्म ‘नाईं नभन्नू ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीतमा मेलिना राईको स्वर, दिनेश थपलियाको शब्द रचना तथा बसन्त सापकोटाको संगीत रहेको छ। इलाम र झापाका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको अभिनय रहेको छ।
‘नाईं नभन्नू ल’ को पाँचौं भागलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्। निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेका फिल्म भदौ ८ गतेबाट प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।