• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मन्त्रीको राजीनामा : सकारात्मक सुरुवात

64x64
नेपाल लाइभ मंगलबार, साउन ८, २०७५  ११:२३
1140x725

अन्ततः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्नुअघि तामाङले आफूले चार महिनामा गरेका केही कामको चर्चा गरेका थिए।

साउन ४ गते प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई गरिएको सम्बोधनमा उनले बंगलादेश पढ्न गएका छात्राहरुले आफूलाई सुम्पिनुपर्ने अभिव्यक्ति दिएका थिए। 'बंगलादेशमा हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ। तर डाक्टरको सर्टिफिकेट लिनको लागि मैले सुन्या छु, उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। हाम्रा छोरी चेलीहरूलाई पढ्नलाई विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन।’

उनले ६ गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गर्ने प्रयत्न गरे। उनले आफ्नो अभिव्यक्तिले चोट पुर्‍याएकोमा क्षमा मागे तर आफ्नो तथ्यको बचाउ नै गरे।
त्यसपछि उनलाई राजीनामा दिनका लागि विभिन्न संगठन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले निरन्तर दबाब दिए। तामाङ पदमै रहँदा प्रधानमन्त्री केपी ओलीको समेत आलोचना हुनथालेको थियो। फलस्वरुप तामाङ झनै दबाबमा परे र राजीनामा दिए।

बलियो र स्थायी भनिएको सरकारका मन्त्रीहरुले पदीय मर्यादा नराखी आफू अनुकूल बोल्दै हिँड्ने क्रम बढेको थियो। त्यसकै निरन्तरता थिए, तामाङको अभिव्यक्ति। जस्तासुकै कार्यक्रममा पनि जाने र हौसिएर तथ्य बिना बोल्ने, जिम्मेवारीभन्दा बाहिरका र आफैं स्पष्ट नभएका विषयमा बोल्ने,  कानुनी प्रावधान नहेरीकन प्रतिवद्धता जनाउने लगायतका कामहरु बढिरहेका थिए।

तामाङको राजीनामासँगै अब लगामहीन अभिव्यक्तिको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ। उनको राजीनामा अन्य मन्त्रीका निम्ति पनि पाठ हो। बलियो र पाँच वर्षे सरकार हो भन्दैमा हरेक अभिव्यक्ति पाच्य नहुने यो राजीनामाले पुष्टि गर्छ। यसबाट खास विभागीय मन्त्रीहरु मात्रै होइन, 'बढी बोल्ने' भनिएका प्रधानमन्त्रीले समेतले सिक्न जरुरी छ।

nimb
nimb
Ncell 2
Ncell 2

निश्चय नै शक्तिले जिम्मेवार र लचक बनाउनुपर्छ। त्यो नहुँदा त्यही शक्ति अभिशाप बन्न सक्छ। मन्त्री हुँदा र नहुँदाका स्वनियन्त्रण फरक हुन्छन्। तर, हाम्रो राजनीतिज्ञमा यस्तो व्यवहार निकै कममात्रै पाइन्छ। उनीहरु मन्त्री पदको उचाइ र जिम्मेवारीबोधलाई ख्याल नगरेको प्रशस्तै उदाहरण छन्।

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा तामाङले आफू महिलाप्रति अति संवेदनशील व्यक्ति भएको र छोरीको अंश, वंश र आमाको नामबाट नागरिकता दिने विषयमा लड्दै आएको बताएका छन्।

उनले भनेको सही नै हुनसक्छ। तर, उनको प्रष्टिकरण र राजीनामा प्रकरणलाई एकै ठाउँमा राखेर हेर्दा विषय त्यही सहज होइन। अहिलेका मन्त्रिपरिषद्मा थरिथरिका विगत भएका मन्त्रीहरु छन्। युद्ध लडेका समेत छन्। आजको लोकतन्त्र, गणतन्त्र र संविधान ल्याउन धेरै मन्त्रीहरुको भूमिका छ। तर व्यक्तिको मूल्यांकन इतिहासको कर्ममा मात्रै हुने दिन अब छैन। प्रत्येक कदममा प्रश्न उठ्छ र जवाफदेही हुनुपर्छ। जिम्मेवार हुनुपर्छ। 'बाजेले खाएको घ्यु' वाला नीति मन्त्रीको हकमा लागुहुनुपर्छ भन्ने छैन। भएन पनि। महिलाप्रति संवेदनशील भएको भन्दैमा तामाङले पनि छुट पाएनन्। विगतमा केके गरियो भनेर गौरवबोध गर्ने तर वर्तमानमा जनताको चाह विपरित उभिइराख्ने जोकसैले तामाङ प्रकरणबाट सिक्नु जरुरी छ।

आफ्नै र मन्त्रीहरुका अभिव्यक्तिका कारण पछिल्लो समय विवादमा परेका प्रधानमन्त्रीले तामाङको वहिर्गमनमा सकारात्मक भूमिका खेलेका छन्। उनले आवश्यक नठानेको भए तामाङ मन्त्री नै भइराख्ने थिए। यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनै पर्छ। यो अन्य मन्त्रीको हकमा पनि घाँटीमाथि झुण्ड्याइएको तरबारको नजिर बन्ने अपेक्षा गर्न सकिन्छ।

तामाङले मन्त्री पदबाट दिएको राजीनामाले हाम्रो लोकतन्त्रको सौन्दर्य वृद्धिमा भने सघाउ हुने अपेक्षा गर्न सकिन्छ। हो, उनले मन्त्रीको हैसियतमा बोलेका कुरा अपाच्य थिए। र, विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गर्ने हठ पनि देखाएका थिए। तर, गल्ती भइरहने र त्यसले दण्डित हुने लोकतन्त्रको आधारभूत चरित्र हो। लोकतन्त्रले पद चिन्दैन, कर्म चिन्छ। यो कुरा सबैले मनन गर्नु जरुरी छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख
सभामुख अर्याल र संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीबीच भेटवार्ता
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सभामुख अर्याल र संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीबीच भेटवार्ता बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्