काठमाडौं– कंगारु एजुकेसन फाउण्डेसनले विधार्थीहरुलाई वैदेशिक शिक्षा सम्बन्धि सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु ‘एजुकेसन फेयर’ गर्ने भएको छ।
फाउण्डेसनले साउन १६ गते आफ्नै केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा ‘एजुकेसन फेयर’ गर्न लागेको हो। शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्यान्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी तथा प्राइभेट कलेजहरुको सहभागीता रहने फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए।
शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गरी अन्तरक्रिया गर्न र सत्यतथ्य जानकारी लिन पाउने तिमल्सिनाले जानकारी दिए। एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।