काठमाडौं– धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्पन गएको छ।
बिहान ८ बजेर ३० मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्पन गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलब १ म्याग्निच्युडको तथा असार १४ गते धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई ५ म्याग्निच्युडको परकम्पन गएको थियो।
केन्द्रका प्रमुख अधिकारीका अनुसार २०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५ सय ५ पटक परकम्पन गएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।