काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको बर्खास्तगीको माग गर्दै नेपाल विद्यार्थी संघ महिला केन्द्रिय समितिले आज प्रदर्शन गरेको छ।
नारी अस्मितामाथि खेलबाड गरेको भन्दै कानुनमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि विरोध प्रदर्शन गरिएको हो।
बिहान ९ बजेदेखि सुरु भएको विरोध प्रदर्शन करिब १ चलेको थियो।
गत साउन ४ गते काठमाडौंको एक विद्यालयमा भएको कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुले अस्मिता बेचेर शैक्षिक प्रमाणपत्र पाउने गरेको हल्का टिप्पणी गरेका थिए।
सो कुराको सार्वजनिक रुपमै विरोध तथा अालाेचना भएपछि मन्त्री तामाङले एक विज्ञप्ति जारी गर्दै माफिसमेत मागेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।