वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू ‘अत्यन्त खुसी’ भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले सोमबार अवस्था जे–जसरी अगाडि बढिरहेको भएपनि त्यसले आफूलाई सन्तुष्ट बनाएको बताएका हुन्।
‘नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ, ट्रम्पले भने।
उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विशेष गरेर जापानमा बढी खुसीयाली छाएको र पूरै एसिया नै खुसी भएको बताए।
तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाइ छ। आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको ट्रम्पले बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।