राजविराज– सप्तरीको रुपनी गाउँपालिकामा सोमबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रुपनी–६ को विरेन्द्र बजार स्थित बुद्धविर साहको घर ढलानका लागि सेन्ट्रिङ मिलाउने क्रममा करेन्ट लागेर डाकनेश्वरी नगरपालिका–३ का २२ वर्षीय रन्जित सदाको मृत्यु भएको हो।
निर्माणाधीन घरनजिकै रहेको ११ हजार भोल्टेजको मेन लाईनबाट करेन्ट लागि घाइते भएका सदालाई उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।