काठमाडौं– नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चेतावनीमा जवाफ दिदै आफ्नो पृठभुमी हेक्का राख्न सुझाव दिएका छन्।
राजधानीको एक कार्यक्रमा प्रचण्डले डा गोविन्द केसीको अनसनको नाममा काँग्रेसले लासको ाजनीति गर्न खोजेको आरोप लगाएका थिए।
सो आरोपमा शर्माले जनयुद्धका समयमा आफुले गरेको कार्य हेक्का राख्न चेतावनी दिएका हुन्। ‘कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं,माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? सामाजिक सञ्जालमा शर्माले लेखेका छन् ‘लासको राजनीति आरोप लगाउन’ अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमी हेक्का राख्नुपथ्र्याे कि कमरेड !! ’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।