• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘डमी रिट निवेदक’ माथि पहिलो पटक सर्वोच्चको व्याख्या : ‘रेग्मीको रिट अरुकै स्वार्थमा दायर भएको हो’ 

64x64
नेपाल लाइभ सोमबार, साउन १६, २०७९  २०:४६
1140x725

काठमाडौं–सर्वोच्च अदालतले पहिलो पटक सार्वजनिक सरोकारको निवेदन लिएर पुग्ने डमी रिट निवेदकहरुका बारेमा विस्तृत व्याख्या गरेको छ। सर्वोच्चले सार्वजनिक सरोकारको रिटमा यसअघि वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र भीमसेन पोखरेलविरुद्ध मन्त्रिपरिषद भएको मुद्दामा बोलेको थियो। सर्वोच्चको संवैधानिक इजलासले पहिलो पटक अरु कसैको स्थार्यमा सार्वजनिक सरोकारको आवरणमा रिट निवेदन दर्ता गर्ने ‘डमी’ हरुका बारेमा पनि विस्तृत रुपमा व्याख्या गरेको हो। 

कामुप्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले अधिवक्ता गणेश रेग्मीको रिटमा यस्तो व्याख्या गरेको हो। यसअघि विभिन्न इजलासबाट सार्वजनिक सरोकारको रिटमा कसरी सुनुवाइ गर्ने र कस्तो रिटलाई नियन्त्रण गर्ने भनि व्याख्यासहित निर्देशनात्मक आदेश जारी भएको थियो। 

अधिवक्ता गणेश रेग्मीले संवैधानिक इजलासको सुनुवाइ नै रोक्न माग गरेको उक्त रिट निवेदन दर्ता हुनु अनि त्यसमा अन्तरिम आदेश भएर संवैधानिक इजलासको मुद्दा नै रोकिनु लगायतका विषयमा संवैधानिक इजलासले वृहत व्याख्या गरेको छ। 

नेपाल लाइभले २०७८ मंसिर ३ गते डमी रिट निवेदकहरुका बारेमा खोजमूलक समाचार प्रकाशन गरेको थियो। 

सिफारिस
सर्वोच्चमा अर्को डरलाग्दो ‘सेटिङ’, यसरी तयार पारिन्छन् ‘डमी’ रिट निवेदक

नेपाल लाइभले उक्त समाचारमा रेग्मीले कसरी चलखेल र कसको स्वार्थमा रिट सर्वोच्च पुर्‍याए भन्नेबारेमा विस्तृत खुलासा गरेको थियो। त्यस्तै सर्वोच्च अदालतमा कसरी सार्वजनिक सरोकारका नाममा डमी रिट निवेदक खडा हुन्छन् र तिनीहरुले कसरी चलखेल गर्छन् भन्ने खुलासा गरेको थियो। त्यससँगै यो विषयले चर्चा पाएको थियो।

२०७७ मंसिर ३० र त्यसकै निरन्तरताका रूपमा २०७८ वैशाख २६ मा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबमोजिम विभिन्न संवैधानिक निकायमा पटक–पटक गरेर ५२ जना पदाधिकारी नियुक्त भएका थिए। अध्यादेश र त्यसमार्फत् भएको नियुक्तिसम्बन्धी विवाद संविधानसँग जोडिएकाले सर्वोच्चको संवैधानिक इजलासमा त्यसको सुनुवाइ हुँदैथियो। ९ महिनापछि मात्र यो रिटले पहिलो सुनुवाइको मौका पाएको थियो।  पहिलो सुनुवाइमै कानुन व्यवसायीले हाल महाअभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा इजलासबाट अलग हुनुपर्ने प्रश्न उठाए। राणाले संवैधानिक परिषदको बैठकमा भाग मात्र नलिई पदाधिकारीको हिस्सा नै लिएकाले उनी बस्दा प्रत्यक्ष स्वार्थ बाझिने जिकीर गरेका थिए।

यसरी प्रश्न उठेपछि राणाले अलग हुने निर्णय सुनाए र अर्को सुुनुवाइको पेशी भदौ १८ गते तोकियो । तर त्यसको पाँच दिनपछि भदौ १६ गते रेग्मीको नाममा रिट दायर भयो अनि उक्त रिटमा भदौ १७ गते अन्तरिम आदेश भयो। त्यसको भोलिपल्ट भदौ १८ गतेको संवैधानिक इजलासले नै बस्न पाएन। यी मुद्दा अहिले पनि संवैधानिक इजलासमा घुमिरहेका छन्।

रेग्मीको रिट भने संवैधानिक इजलासले सुनुवाइ गर्दै २०७८ चैत ९ गते खारेज हुने फैसला सुनायो। अनि मात्र संवैधानिक निकायमा सिफारिस भएका ५२ पदाधिकारीको रिट सुुनुवाइमा अघि बढ्यो। अब यो निवेदन नसर्नेगरि सुनुवाइ गर्न सवैधानिक इजलासले आदेश गरेको छ। अबको पेशीमा यसको अन्तिम सुनुवाइ सुरु हुने छ। तत्कालीन समयमा नेपाल लाइभले गरेको खुलासालाई पुष्टि गर्दै संवैधानिक इजलासले रेग्मी कसैको स्वार्थपूर्तिका लागि रिट लिएर पुगेको ठहर गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अधिवक्ता रेग्मीले दायर गरेको रिटमा न कुनै वैध वा उचित कारण देखिन्छ, न कुनै कानुनी वा संवैधानिक विवाद नै पैदा भएको देखिन्छ। न कसैले कुनै प्रकारको वाधा विरोध, अलमल, भ्रम वा रोकावट पैदा गरेको अवस्था खुलाइएको छ’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘न त संवैधानिक पदाधिकारीहरुको पदमा नियुक्त भएका व्यक्तिहरु वा नियुक्ति प्रक्रियामा संलग्न राज्यका निकायहरु न्यायीक प्रक्रियामा प्रतिरक्षा गर्न असक्षम र असमर्थ रहेको उल्लेख गरिएको छ। नेपथ्यबाट अनायास निरञ्जन निराकार स्वरुपको निराधार व्यहोरा उल्लेख गरि रिट दायर गर्न ल्याउनुलाई कुनै अर्थमा औचित्यपूर्ण मान्न सकिँदैन । ’ 

सर्वोच्चले रेग्मी कसैको उक्साहटमा आएको डमीमात्र भएको र उक्त निवेदन दायर गराउने व्यक्ति अरु नै भएको सकेंत गरेको छ। फैसलामा सर्वोच्चले संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीश राणाको स्वार्थ रहेको ठहर गरेको छ भने उक्त रिट संवैधानिक निकायमा नियुक्त भएका एक पदाधिकारीले नै दायर गर्न लागेको संकेत गरेको छ। 

‘निवेदकले उठान गरेका समग्र विषय र सन्दर्भतर्फ दृष्टिगत गर्दा निजले अरु कसैको निहित स्वार्थपूर्तिका लागि न्यायीक प्रक्रियामा जटिलता पैदा गर्ने र सुनुवाइ प्रक्रिया लम्ब्याउने अभिप्रायले प्रायोजित रुपमा सार्वजनिक सरोकारको अवधारणामा निवेदन दिएको प्रतीत हुन्छ,’ फैसलामा भनिएको छ, ‘खुल्ला र प्रष्ट रुपमा परिभाषित नगरिएको र अन्तर्यमा कसैको निहित स्वार्थपूर्तिका लागि छद्म रुपमा सार्वजनिक सरोकारको आवरण दिएर रिट निवेदन  कुनै पनि दृष्टिले उचति मान्न सकिँदैन।’ 

सार्वजनिक सरोकारसम्वन्धी अवधारणाको आवरणमा केही टाठा–बाठा र स्वार्थ समूहले दुरुपयोग गर्ने सम्भावनातर्फ सचेत दृष्टि  दिनु आफैँमा महत्वपूर्ण  हुने फैसलामा उल्लेख छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सार्वजनिक सरोकारका निवेदक प्रचारबाजी वा बाैद्धिक सन्तुष्टितर्फ केन्द्रित छन्। वास्तविक न्यायको खोजीमा आएको हो? जस्ता अप्रष्ट र अनुत्तरित प्रश्नहरु देखिन्छन्। यस्तो कार्यशैली सुधार गर्नुपर्ने’, सर्वोच्चको फैसलामा उल्लेख छ। सार्वजनिक सरोकारको विवादका रुपमा दर्ता हुने निवेदनका विषयवस्तुसँग निवेदकको सार्थक सम्बन्ध र तात्विक सम्बन्ध पनि हेरिनुपर्ने सर्वोच्चको व्याख्यामा उल्लेख छ। सार्वजनिक सरोकारका नाममा निहीत स्वार्थपूर्ति गर्ने, बौद्धिक विलास गर्ने, कसैलाई हैरानी दिने र न्यायीक प्रक्रियामा अनुचित रुपले अवरोध गर्ने कार्य अदालतले प्रश्रय दिन नहुने फैसलाको पूर्णपाठमा उल्लेख छ।

‘सर्वोच्चविरुद्ध मुद्दा दायर गर्न मिल्दैन’ 
रिट निवेदन र तत्कालीन समयमा एकल इजलासबाट भएको आदेशलाई पनि संवैधानिक इजलासले प्रश्न उठाएको छ। तत्कालीन समयमा उक्त रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश गरेको थियो। सर्वोच्चले अधिवक्ता रेग्मीको मुद्दामा सर्वोच्च अदालतविरुद्ध नै मुद्दा दायर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि व्याख्या गरेको छ। 

सर्वोच्चले भारतीय सर्वोच्च अदालतले उज्जल वाई विरुद्ध उत्तर प्रदेश भएको १९६२को एक मुद्दालाई उल्लेख गर्दै अदालतमा विचाराधीन रहेको मुद्दाको सुनुवाइ रोक्न माग गर्दै रिट दायर गर्न नमिल्ने दाबी गरेको छ। भारतीय सर्वोच्च अदालतले अर्धन्यायीक निकायको निर्णयसम्वन्धी विषय लिएर रिट निवेदन गर्न नमिल्ने अवधारणा अघि सारेको फैसलामा उल्लेख छ।  सर्वोच्चले मुद्दा नै रोक्न रिट दायर गर्नु न्यायीक  पद्धति र प्रक्रियाविपरीतको कुरा हुनेसमेत टिप्पणी गरेको छ। 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र मन्त्रालयले भूमि व्यवस्था,सहकारी,संघीयता मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको... बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको हो। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्