काठमाडौं– शनिबार चोरी गरेर भाग्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं– १६ कुमारीस्थानमा बस्ने पार्वती थापाको डेराबाट चोरी गरेर भाग्ने क्रममा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धादिङका प्रशान्त अधिकारी, सुदिप गुरुङलाई छन्। गुरुङलाई प्रहरीले चोरी गरेर भाग्ने क्रममा पक्राउ गरेको थियो। ताल्चा फुटाएर उनले चोरी गरेका थिए।
अनुसन्धानको क्रममा उनका साथी अधिकारी पनि त्यसमा संलग्न रहेको खुलेपछि उनी पनि पक्राउ परेका हुन्।
उनीहरु नयाँ बसपार्कस्थित पवित्र प्यालेस गेष्ट हाउसमा बस्दै आएका खुलेपछि उनीहरुको कोठामा समेत प्रहरीले छापा हानेको थियो। जसक्रममा सुन र चाँदीका विभिन्न गहनाहरु समेत बरामद भएको प्रहरीले जनाएको छ। ती सबै सामान चोरीको भएको प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।