बुटवल– भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ।
उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो। लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो।
आफ्नो घर, ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संरक्षणमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बालकहरुलाई आफन्तसमक्ष पुर्याउन सहयोगका लागि सबैमा अपिल गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।