• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सीमाका नागरिकको पीडा

‘सरकार ! हामी नामका मात्र नेपाली भयौं’ 

प्रिया स्मृती गजमेर बुधबार, साउन ४, २०७९  २०:३०
1140x725

 दाङ-भूगोल नेपाली। नागरिकता नेपाली। स्थानीय सरकार पनि छ यहाँ। तर सेवा सुविधामा सबै भारतकै भर। 

यो दाङको गढवा र राजपुर गाउँपालिकाका सीमावर्ती ३४ वटा गाउँको कथा हो। जहाँ भोग्नुपरेको पीडा र दुःखले यहाँका बासिन्दालाई नेपाली हुनुको महसुुस गर्न दिएको छैन। 

यी ३४ गाउँलाई स्थानीय भाषामा ‘नाका’ भनिन्छ। यहाँ विभिन्न जातजातिका नागरिक छन्। विशेषगरी पहाडी जिल्ला रुकुम, रोल्पा, प्युठानबाट यो क्षेत्रमा पुग्नेको संख्या धेरै छ। 

यी बस्तीमा अझै पनि यातायात र खानेपानीे छैन। विद्युत, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता राज्यले प्रदान गर्ने आधारभूत सेवाको पहुँचभन्दा बाहिर छन् स्थानीय बासिन्दा।

‘नामका मात्र नेपाली हौं हामी, नुनदेखि सुनसम्म भारतकै भर पर्नु परेको छ,’ स्थानीय हर्क रोका दुःख र सरकारप्रतिका गुनासा एकैचोटि पोख्छन्, ‘नेपाल सरकारले दिएको सेवा सुविधा हामीले प्रयोग गर्न पाएका छैनौ, भारतको भरमा आजसम्म बाँचिरहेका छौं, अनि कसरी नेपाली हौँ भन्ने?’

बल्लतल्ल केहीअघिमात्र सीमा क्षेत्रका केही बस्तीमा विद्युत र मोबाइल सेवा पुगेको छ। अन्यत्रकाे अवस्था उस्तै छ।

सदरमुकाम घोराहीबाट त्यस क्षेत्रमा पुग्ने मोटर बाटो छैन। राम्रोसँग फोनले काम गर्दैन। सञ्चारको पहुँच नहुँदा कुनै घटना भइहाले पनि लामो समयपछि मात्र सार्वजनिक हुने गरेका छन्।

सुविधासम्पन्न अस्पताल नहुँदा स्थानीयले राम्रो उपचार पाउन सकेका छैनन्। बिरामी भएको खण्डमा औषधिमूलो गर्न तीन घन्टा पैदल हिँडेर भारत पुग्नुपर्ने यहाँका बासिन्दाको पीडा हो। बिरामी लिएर नेपालतर्फ आउने त कल्पनामात्र हो। भारतका अस्पताल पुग्न पनि यहाँका बासिन्दाले निकै सास्ती खेप्नु पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

घोराहीदेखि झन्डै एक दिनभरको समय लाग्छ यहाँ पुग्न। सीमामा बसेका भारतीय सुरक्षाकर्मीको ज्यादती उस्तै छ। कैयौंपटक नेपालीहरु लुटिएका छन्। यो विषयमा नेपाल सरकार जानकार भएर पनि निरीह बनेको उनीहरुको गुनासो छ। भारतीय सुरक्षाकर्मीले जे भन्छन् त्यो मान्नु सीमा क्षेत्रमा बसेका नेपालीहरुको बाध्यता हो। यदि उनीहरुले भनेको मानेनन् भने भोकै बस्नु पर्छ । किनकि हरेक हप्ता भारतीय बजारमा लाग्ने मेलामा नुन, तेल, साबुन लिन नेपालीलाई त्यहाँ पुग्नु पर्छ। 

यही असार १२ गते भारतीय बजार जान लागेका दाङ राजपुर गाउँपालिका ६ खाङ्ग्रा नाकाका दुई युवती भारतीय युवाको शिकार बन्न पुगे। दुई युवतीसँगै गएका अन्य दुई महिलालाई रुखमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरे। यस्ता घटना भइरहने भएकाले सीमा क्षेत्रमा नेपाली नागरिक सुरक्षित छैनन् भन्ने एउटा प्रमाण भएको वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर रोका बताउँछन्। 

वडाध्यक्ष रोकाका अनुसार सिंहदरबार नेपालका सबै सीमा क्षेत्रका बारेमा जानकार छ, जबसम्म सिधा यो क्षेत्रमा केन्द्र सरकारको पहुँच हुँदैन, तबसम्म यहाँका समस्या ज्युँका त्युँ हुनेछन्। 

राजपुर ६ खाङ्ग्रा नाका निवासी सुकमाया घर्तीको गुनासो उस्तै छ। एक अम्खोरा पानीको जोहो गर्न निकै गाह्रो छ। सुकमाया डोकोमा गाग्री र जर्किन बोकेर बिहानै पानीको खोजीमा खोलामा पुग्छिन्। न स्वच्छ पिउने पानीको राम्रो व्यवस्था छ, न कुनै विकल्प नै। ‘खोलाको पानीमा अस्थायी टंकी निर्माण गरि घर–घरमा पानीको धारा जोडिएको थियो, त्यही पनि चैत–वैशाखतिर जंगलमा लागेको डढेलोले पाइप जलेर बर्वाद बनायो,’ सुकमायाले भनिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

293228425_1526173654468507_458770215585662305_n1658326050.jpg

राज्यले हरेक वर्ष सडक मर्मतका लागि भनेर करोडौं बजेट पठाउँछ। तर काम राम्रो काम कहिल्यै भएको छैन। अलि–अलि काम गरेजस्तो गर्ने बाँकी आफ्नै खल्तीमा हाल्ने परिपाटी भएकाले विकास नभएको स्थानीय पूर्णबहादुर गुरुङले बताए। अनुगमनमा आएका कर्मचारीलाई प्रभावमा पारेर योजना पास गराउने गरिएको गुरुङको बुझाइ छ। 

चैत वैशाखमा यो क्षेत्रमा आगलागीका घटना निकै बढ्ने गर्छन्। यो वर्ष आगलागी हुँदा एक दर्जनभन्दा बढी परिवार घरबारविहीन भएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखाले जनाएको छ। राज्यले दिने न्यूनतम राहत पालिकाले दिएको भए पनि आगलागीपीडितको आर्थिक अवस्था नाजुक भएका कारण उनीहरु व्यवस्थित हुन सकेका छैनन्। चैत वैशाख महिनामा आगलागी हुँदा डगमरा नाकामा ५ वटा घर गोठ जलेर खरानी भएका थिए भने झन्डै एक दर्जन बाख्रा जलेका थिए। 

सर्पको टोकाई यहाँको अर्को समस्या हो। जसका कारण यस क्षेत्रका झन्डै एक दर्जन मानिसको मृत्यु भइसकेको छ। केही वर्षअघि राजपुर ७ मा एकैघरका दुई दिदीबहिनीले सर्पको टोकाईबाट ज्यान गुमाएका थिए। सर्पले टोक्दा उपचार गर्ने अस्पताल नजिक छैन। टोकीहालेमा मृत्युवरण गर्नुवाहेक अरु विकल्प छैन,’ स्थानीय अमृत खड्काले भने, ‘सर्पले टोकेर दलित परिवारका दिदीबहिनीले अकालमा ज्यान गुमाउनुपर्‍यो, अब फेरि अरु कसैले ज्यान गुमाउन नपर्ने गरि राम्रो अस्पतालको व्यवस्था हुनु जरुरी छ।’ 

तीन महिनाअघि झन्डै ५ सयको हाराहारीमा बाख्रा मरे। यसले गर्दा तिनै बाख्राका पाठापाठी बेचेर गुजारा चलाएका स्थानीय मर्कामा परे। गाउँपालिकाको पशु शाखामा खबर पुगे पनि त्यस ठाउँमा पुग्ने सडक बाटो राम्रो नहुँदा पशु चिकित्सक समयमै पुग्न सकेनन्। 

प्रायः सबै दलका शीर्ष नेता यहाँ आउने गरेका छन्। अनि, मोटर बाटो, स्वास्थ्य, शिक्षा, रोजगारमा स्थानीयको पहुँच हुने गरि काम गरिदिने आश्वासन दिएर फर्किने गरेका छन्। 

‘जुन दलको सरकार बने पनि हाम्रा समस्या कहिल्यै सम्बोधन भएनन्,’ भन्छन् राजपुर पटौलीका दुर्गा पुन मगर। 
सीमावासीको एउटै माग छ–नेपालीपनको महसुस हुने गरि बाँच्न पाऊँ। 

सीमा क्षेत्रमा विकास गर्न ठूलो आकारको बजेट आवश्यक छ : अध्यक्ष बुढाथोकी 
sharadbudhathoki_11658326116.jpgराजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले सीमा क्षेत्रको विकास गर्न ठूलो आकारको बजेट आवश्यक रहेको बताए। भौगोलिक बनावट नै अति विकट भएका कारण स–साना बजेटले सम्भव नभएको उनको भनाइ छ। ‘यस क्षेत्रको विकासका लागि गाउँपालिकाको बजेटले पुग्दैन, तर पनि हामीले प्रदेश र केन्द्रमा यहाँका समस्याका बारेमा अवगत गराउने र विकास गर्ने कुरामा नेतादेखि लिएर मन्त्रीसम्मलाई ध्यानाकर्षण गराउदै आएका छौं’, बुढाथोकीले भने।  

सीमाका सबै बस्तिलाई पालिकासँग जोड्नु यहाँका लागि मुख्य चुनौती हो। ‘यो गर्नका लागि मोटो रकमको आवश्यकता पर्छ। प्रदेश र केन्द्रले आवश्यकता अनुसार बजेट नपठाउँदा पालिकाले हरेक वर्ष जेसिबी लगाएर मात्र बाटो मर्मत गर्न बाध्य भएको छ,’ अध्यक्ष बुढाथोकीले भने, ‘दक्षिणतिरको चुरे पहाड काटेर बाटो लैजानु पर्ने अवस्था छ, यदि सीमा क्षेत्रमा विकास गर्ने हो भने अर्बौंंको बजेट आवश्यक पर्दछ, त्यति बजेट पालिकासँग हुँदैन।’ 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्