काठमाडौं –सनराइजर्स हैदराबादले आइपिएल इतिहासकै दोस्रो ठूलो लक्ष्य पछ्याएर जित निकालेको छ । उसले पन्जाब किंग्सले दिएको २४६ रनको विशाल लक्ष्य १८.३ ओभरमै पूरा गर्दै रोमाञ्चक जित दर्ता गरेको हो ।
हैदराबादका ओपनर अभिषेक शर्माले आइपिएल करियरकै पहिलो शतक प्रहार गर्दै १४१ रनको शानदार पारी खेले । उनले ट्र्याविस हेडसँग मिलेर १७१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । हेडले ६७ रन बनाए ।
हैदराबादका बलर हर्षल पटेलले ४ विकेट लिए । ब्याटिङमा पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ८२ रनको उत्कृष्ट योगदान दिँदै पन्जाबलाई २४५ रनसम्म पुर्याएका थिए ।
यस जितसँगै सनराइजर्स हैदराबादले आइपिएलको इतिहासमा दोस्रो ठूलो रन चेज पूरा गर्ने कीर्तिमान बनाएको हो । यो जित संगै हैदराबाद अंक तालिकाको पुछारबाट आठाैँ नम्बरमा उक्लिएको छ । भने पन्जाब छौटौँ स्थानमा यथावत रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।