• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

'सर्वोच्च तहको अदालतको स्थापना १९९७ सालमै भएको हो, २०१३ सालमा होइन'

प्रकाश वस्ती मंगलबार, साउन ३, २०७९  १७:३५
1140x725

नाम फेरिन सक्दछन्, फेरिएका पनि छन्। तर, कामको प्रकृति हेर्दा सर्वोच्च अदालतको स्थापना १९९७ साल असार १२ गतेको सनदअनुसार १९९७ साल साउन १ गते भएको नमान्नु इतिहासप्रति अन्याय नै हो। 

सर्वोच्च अदालतको स्थापना २०१३ साल जेठ ८ गते भएको भनी २०३८ सालमा रजत तथा २०६३ साल स्वर्ण महोत्सव मनाइयो। २०८८ सालमा हिरक जयन्ती मनाइएला। यसको तात्पर्य २०१३ सालभन्दा अगाडि नेपालमा सर्वोच्च अदालत थिएन भन्नु हो। तर, २०१३ सालको सर्वोच्च अदालत ऐनको दफा २२ ले प्रधान न्यायालय ऐन, २००८ खारेज गरेको छ। दफा २३ ले अन्य कुनै ऐनमा लेखिएको प्रधान न्यायालय शब्दलाई सर्वोच्च अदालतमा रूपान्तरण गरेको छ। दफा १९ ले प्रधान न्यायालयका सबै मुद्दा सर्वोच्च अदालतमा सर्ने भनेको छ। २०१३ साल जेठ ८ गतेको शाही घोषणामा प्रष्ट शब्दमा २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको, त्यसका आधारमा काम भइआएको, ‘देश र युग सुहाउँदो प्रधान न्यायालय’ स्थापना गर्नु परेको कारण जनाउँदै, प्रधान न्यायालयका कामदार कारिन्दाहरू आ–आफ्नो पदअनुसार तत्–तत् पदमा सर्ने भनिएको छ (ग्रीष्मबहादुर देवकोटा/४००)। 

त्यही भवन, तिनै मिसिल र त्यही भौतिक प्रबन्धको २०१३ साल जेठ ७ गतेसम्मको प्रधान न्यायालय भोलिपल्ट सर्वोच्च अदालत भयो, २०७२ साल असोज २ गते अघिका पुनरावेदन अदालत २०७२ साल असोज ३ गतेदेखि उच्च अदालत भए जसरी नै। २०१३ साल जेठ ७ गते अघिको प्रधान न्यायालय सो दिनपछि सर्वोच्च अदालत भएको हो। २०७२ साल असोज २ गतेसम्म कायम पुनरावेदन अदालत भोलिपल्ट रहेनन्। र, नाम परिवर्तन भयो भन्दैमा पुनरावेदन अदालत र उच्च अदालतको निरन्तरताको कडी टुटेको मानिँदैन र मानिएको छैन।

२००८ सालको प्रधान न्यायालय ऐनले आफ्नो पूर्वज १९९७ सालको सनदलाई मानेको छ। यसको प्रस्तावनामा, ‘नेपाल प्रधान न्यायालयको गठन, अख्तियार र कामबारे भइरहेका ऐन सवाल सनद संशोधन गरी सो सबै एकै ठाउँमा राखी एकरूप दिनुपर्ने आवश्यक देखिएको हुनाले...’ भनिएको छ। यसको दफा ३ ले ‘...नेपालको प्रधान न्यायालयको रूपमा अधिकार प्रयोग गरिराखेको वर्तमान प्रधान न्यायालयलाई नै यस ऐनबमोजिमको प्रधान न्यायालय मानिने छ’ भनेको छ। दफा ३९ ले यो ऐनसित बाझिने जति सनद सवाललाई खारेज गरेको भनी नबाझिएका १९९७ सालका व्यवस्थालाई कायमै राखेको छ। प्रधान न्यायालय ऐन, २००८ मा २००९ साल वैशाख २६ गते लालमोहर लागे पनि लागू भने २००९ साल पुस ८ भएको छ। २००७ सालको परिवर्तनपछि प्रधानन्यायाधीशका रूपमा २००८ साल साउन २६ गते पदभार ग्रहण गर्नुहुने हरिप्रसाद प्रधानले २००९ साल पुस ७ गतेसम्म करीब १ वर्ष ४ महिना १९९७ सालकै सनदअनुसार कार्यभार सम्हाल्नु भएको छ। हरिप्रसाद प्रधानलाई २००८ सालदेखिकै प्रधानन्यायाधीश मान्ने, तर उहाँलाई जन्माउने र काम गर्न अधिकार दिने १९९७ सालको सनदलाई नमान्ने कुरा न तर्कसंगत हुन्छ न कानुनसम्मत नै।

२००८ साल कार्तिक ४ गतेको नेपाल गजेटले प्रधान न्यायालयलाई पूर्ववत कामकाज गर्ने भनेकै छ। भवन, गठन, कार्यादेश, कानुन, मिसिल कागजात, कर्मचारी र फर्निचर सबै लिने, तर इतिहास नलिने यो कस्तो विडम्बना हो? २००७ सालको परिवर्तनपछि आएको अन्तरिम शासन विधान, २००७ को धारा ३२ मा प्रधान न्यायालयको अधिकार र कार्यप्रणाली ऐनबमोजिम नबदलेसम्म साविकबमोजिम रहनेछ भनिएको छ। धारा ३१ ले साविक प्रधान न्यायालयलाई जनाउँदै, उक्त अड्डाका सबै अख्तियार यस प्रधान न्यायालयको हुनेछ पनि भनेकै छ।

अब बन्ने आठौँ संविधान वा यसको पुनर्लेखन वा यसमा हुने संशोधनमा सर्वोच्च अदालतको नाम परिवर्तन भइ पुन: प्रधान न्यायालय वा सर्वोच्च न्यायालय वा अरु यस्तै केही भयो भने के २०१३ साल जेठ ८ गतेपछिको इतिहास समाप्त हुन्छ ? यदि कसैले यसो हुन्छ भन्दछ भने यो भन्दा ठूलो दुर्भाग्य अर्को हुनै सक्दैन। मुख्यरूपमा हेरिनुपर्ने कुरा निरन्तरता हो, अटुटपना हो। 

पुस्तकको नाम: हाम्रो कानूनी इतिहासको नालीबेली (किरातकालदेखि २०७८ सालसम्म)
लेखक: प्रकाश वस्ती
प्रकाशक: पैरवी प्रकाशन
पृष्ठ: १०४०+१६

पुस्तकमा समावेश विषय:

Ncell 2
Ncell 2
  • नेपालको चिनारी– भूगोल, राष्ट्रिय झण्डा र राष्ट्रगान
  • कानुनी प्रणालीहरू र हाम्रो कानुनी प्रणालीको विशेषता
  • किरातकाल, लिच्छविकाल र मल्लकालका कानुनी व्यवस्था
  • न्यायविकासिनीको परिचय र यसमा समाविष्ट विषय
  • शाहकाल र राणाकालका कानुनी प्रबन्ध
  • प्राचीन दण्ड व्यवस्था, कानुनी शब्दहरू, राणाकालीन अदालत, अड्डा र छापहरू
  • १९१० सालको मुलुकी ऐन
  • सती प्रथा, करिया (दास) प्रथा, मृत्युदण्ड र जार काट्न पाउने व्यवस्थाको क्रमिक नियन्त्रण र अन्त्य
  • सात जना विदेशी विद्वान्हरूले आफ्नो पुस्तकमा लेखेका नेपालका कानुनी व्यवस्थाको विवरण
  • प्रधान न्यायालय, हरिप्रसाद प्रधान अदालत, न्याय परिषद्, सरकारी वकील, सर्वोच्च अदालत र २०७८ सालसम्मका विकास तथा घटना क्रम
  • नेपाल बार एशोसिएशन, नेपाल कानुन व्यवसायी परिषद्, नोटरी काउन्सिल, विधायन कानुन शिक्षा, कानुनी भाषा र साहित्य
  • न्यायपालिका सुधारका लागि गठित आयोग, समिति र कार्यदल तथा तिनका सिफारिस
  • पुराना नाप तौलका मापदण्डहरू
  • सातवटै संविधान निर्माणको पृष्ठभूमि
  • नागरिकता समस्या अध्ययन आयोगहरू
  • पशुपतिनाथसम्बन्धी सनद सवालहरू
  • पच्चीस मिथकहरू
  • सत्तरीवटा ऐतिहासिक अभिलेखहरू
  • पुस्तकमा सात परिच्छेद र वर्णानुक्रमित सूचीपत्र
  • पुस्तक सार्वजनिक हुने मिति : २०७९ साउन ८ गते
  • पुस्तकमा समावेश विषयको एक अंश

नाम तथा पद हटाउने र थप्ने चलन त चली नै सकेको छ। सर्वोच्च अदालतका अतिरिक्त न्यायाधीशलाई हटाउन २०४७ सालको संविधानमा त्यो पद हटाइ सो संविधानमा नरहेका पदमा रहेका व्यक्ति स्वत: हट्ने व्यवस्था गरियो। र, प्रचण्डराज अनिल, हरगोविन्द सिँह प्रधान र हिरण्यश्वरमान प्रधान जस्ता अतिरिक्त न्यायाधीशहरूले स्वत: अवकाश पाए। पुनरावेदन अदालतका केही अस्थायी न्यायाधीशलाई हटाउन २०७२ सालको संविधानमा यो पद राखिएन। यसै गरी न्याय परिषद्का दुई सदस्यलाई हटाउन पनि २०७२ सालको संविधानमा यस्तै शब्द थपघट गरियो। यसरी संविधानमा थपघट गरेर प्रधानन्यायाधीशबाट हटाइएका हरिप्रसाद प्रधान, नयनबहादुर खत्री र धनेन्द्रबहादुर सिँहका अलावा बबरप्रसाद सिँहलगायतका न्यायाधीशहरूको संख्या पनि सानो छैन। यस्ता ज्वलन्त नजिरहरू स्थापित रहेको अवस्थामा आजको सर्वोच्च अदालतले भोलि अर्कै नाम पाउन के बेर?

त्यसैले सर्वोच्च अदालतको जन्म १९९७ साल साउन १ गते भएको हो भन्नु सत्य हो भने २०१३ साल जेठ ८ गते भएको मानिनु मात्र मिथक, विलकुल मिथक। 

वैशाख २६ गते ‘कानुन दिवस’ होइन
२०३० साल फागुन ८ गते बसेको सर्वोच्च अदालत बार एशोसिएशनको पहिलो बैठकले नै ‘प्रधान न्यायालय ऐन लागू भएको दिन’ भनेर वैशाख २६ गते कानुन दिवस मनाउने निर्णय गर्‍यो। आजसम्म सुरक्षित रहेको त्यो कार्यवृत्त पुस्तिका हेर्न जो कोहीले पनि सक्दछ। सर्वोच्च अदालत बार एशोसिएशनले २०७८ सालको टेबुल क्यालेण्डर छाप्दा यो साउन महिनाको पछाडि पृष्ठमा छापिदिएको नै छ। 

प्रधान न्यायालय ऐन, २००८ लागू भएको २००९ साल वैशाख २६ गते होइन पुस ८ गते हो। कसै कसैलाई यो ऐन वैशाख २६ बाट नै लागू भएको भ्रम छ। यो भ्रम लेखमार्फत् व्यक्त हुने गरेको पनि छ। सर्वोच्च अदालत बार एशोसिएशनले अवलम्बन गरेको मापदण्डलाई मान्ने हो भने कानुन दिवस पुस ८ गतेलाई मान्नुपर्‍यो। प्रधान न्यायालय ऐन, २००८ का सबै दफा नेपाल गजेटमा प्रकाशित हुने मितिदेखि चालू हुनेछ भनी दफा १(ग) लेखिएकै छ। कुनै एउटा दफा लालमोहर लागेकै दिनदेखि ‘चालू’ (लागू) हुने भनिएको पनि छैन। २००८ साल पुस ८ गते नेपाल गजेटमा लिखित रुपमै प्रकाशित रहेका यी अभिलेख आज पनि सजिलैसँग पढ्न सकिन्छ। (हेर्नुहोस्/५८९)

भूल त्रुटि हुनु ठूलो कुरा होइन, काम गर्दा गल्ती हुन्छन्। तर, गल्ती भएको थाह पाएपछि पनि त्यो स्वीकार गरी नसच्याउनु गम्भीर कुरा हो। वैशाख २६ गते त्यो ऐनमा लालमोहर लागेको हो। लालमोहर लगाइएको कारणले वैशाख २६ गतेलाई कानुन दिवस मानिएको होइन। लालमोहर लाग्दैमा त्यो लागू हुन्छ भन्ने केही छैन्। लालमोहर लागे पनि लागू नभएको ऐन हामीसँगै छन्।

प्रत्येक न्यायकर्मी, कानुनकर्मी र कानुनका विद्यार्थीको हात–हातमा रहने ऐन थियो– ‘मुलुकी ऐन’। भदौ १ गते मुलुकी ऐन दिवस मनाइन्थ्यो– सबैलाई थाह भएकै कुरा हो। मुलुकी ऐनको पहिलो पृष्ठमै यसमा लालमोहर लागेको मिति २०१९ साल चैत ३० गते उल्लेख छ। यदि सर्वोच्च अदालत बार एशोसिएशनले नै अवलम्बन गरेको मापदण्ड मान्ने हो भने मुलुकी ऐन दिवस भदौ १ होइन चैत ३० गते मनाउनु पर्दथ्यो। 

सरकारी वकिलको सर्वप्रथम प्रबन्ध गर्ने त्यही प्रधान न्यायालय ऐन, २००८ लागू भएको पुस ८ गते सरकारी वकील दिवस मनाइन्छ। एउटै ऐनको दोहोरो मापदण्ड कसरी हुनसक्दछ? भोलिका पुस्ताले यसको जवाफ आजका शक्तिहरूसँग मागेमा त्यसको जवाफ के हुने?

२००७ साल मंसिर २२ गते दिल्ली सम्झौता भयो, पुस २५ गते राजा त्रिभुवनबाट दिल्लीबाटै सम्बोधन भयो। फागुन ४ गते राजा त्रिभुवनको स्वदेश आगमन भयो। फागुन ७ गते नयाँ मन्त्रिमण्डल घोषणासहित सम्बोधन भयो। फागुन ७ गते नै प्रजातन्त्र दिवस मनाइँदै आएको दृष्टान्त हामी सँगै छ।

सर्वोच्च अदालत बार एशोसिएशनले त मिथकको सिर्जना गर्‍यो–गर्‍यो, त्यही लह–लहैमा सर्वोच्च अदालत पनि दौडियो। लालमोहर लागेकै दिनलाई महत्त्व दिने हो भने लालमोहर लागे पनि लागू नभएका नेपाल न्याय प्रशासनको प्रणालीमा सुधार र पुनर्गठन गर्ने ऐन, २०१२ समेतका विभिन्न ऐनलाई के भन्ने?

प्रधान न्यायालय ऐन, २००८ लाई जन्माउने मूल कानुन अर्थात् संविधानकै हैसियत राख्ने चैत २९ गतेदेखि लागू भएको अन्तरिम शासन विधानको महत्त्वलाई कसरी बिर्सने ? सनद सवालका त कुरा छाडौँ, आधुनिक मस्यौदा विधि अवलम्बन गरेको नेपालको पहिलो कानुन १९९३ साल वैशाख २३ गतेको पेटेण्ट, डिजायन र ट्रेडमार्क कानुनलाई किन अस्वीकार गर्ने? सोही साल जारी कम्पनी ऐनलाई किन अस्वीकार गर्ने? अझ पर जाने हो भने १९१० साल पौष सुदी ७(१९१० साल पुस २३ गते) को नेपाली कानुनी प्रणालीमा अत्यन्त ठूलो महत्त्व राख्ने पहिलो ‘मुलुकी ऐन’ लाई कुन स्थान दिने?

वैशाख २६ गते कुनै पनि दृष्टिले कानुन दिवस हुनै सक्दैन। थाहा छैन यो मिथकलाई कहिलेसम्म पछ्याइरहनुपर्ने हो, ‘कागले लगेको कान’का पछाडि कहिलेसम्म दगुरिरहनु पर्ने हो?

(सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको प्रकाशनोन्मुख पुस्तक, हाम्रो कानुनी इतिहासको नालीबेली (किराँतकालदेखि २०७८ सालसम्म), को अंश ।)

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्