• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रचण्डको भारत भ्रमणले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ परिदृश्य देखिँदै छ: दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, साउन ३, २०७९  १२:५२
1140x725

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साता छिमेकी देश भारतको भ्रमण गरे। शुक्रबार नयाँ दिल्ली पुगेका उनी आइतबार स्वदेश फर्किए। स्वदेश फर्किनुको केही घण्टाअघिसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डले भेट्ने तय भएको प्रचार गरियो। तर, अन्तिम समयमा मोदीले प्रचण्डलाई भेट्न मानेनन्। मोदीले भेट नदिएपछि स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै त्यसबारे अनभिज्ञता प्रकट गरे। भने, ‘अन्तिम समयमा आएर किन भेट हुन सकेन मलाई पनि थाहा छैन।’ प्रचण्डले आफ्नो भ्रमण निकै फलदायी भएको, प्रधानमन्त्रीसरहकै स्वागत, सम्मान पाएको बताइरहँदा उनको 'बडिल्याङग्वेज' भने केही अपूर्णताको संकेत गरिरहेको थियो। 

भारतमा हुँदा उनले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका अध्यक्ष जेपी नड्डालगायतसँग भेट गरे। ‘प्रचण्ड’को भर्खरै भएको भारत भ्रमण, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण र नेपालको छिमेकीसँगको सम्बन्ध लगायतका विषयमा नेपाल लाइभका ईश्वर बरालले भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायसँग गरेको कुराकानी:
 
प्रचण्डको भारत भ्रमणलाई भारतीय पक्षले उच्च प्राथमिता दिएको भनिए पनि प्रधानमन्त्री मोदीसँग भेट हुन सकेन। उनको भारत भ्रमणलाई कसरी हेर्नु भएको छ? 
हाम्रो भू–अवस्थित एकदमै महत्त्वपूर्ण रहेको छ। सबै बदल्न सकिन्छ, भूगोल बदल्न सकिँदैन। त्यही भूगोलका कारणले गर्दा नेपालको महत्त्व दुवै छिमेकीका लागि उत्तिकै छ। 

प्रचण्डको भारत भ्रमणले अन्तर्राष्ट्रिय राजनीतिमा एक किसिमको नयाँ परिदृश्य देखिँदै छ। खासगरी पश्चिमी मुलुक, अमेरिका र चीनसँगको प्रतिद्वन्द्वी विचार, उनीहरूको आ–आफ्ना रणनीति, स्वार्थ जस्ता कारणले गर्दा र हाम्रो भूअवस्थितिले गर्दा नेपालको महत्त्व बढ्दै गइरहेको छ। 

नेपालमा चुनाव आउँदै छ। गठबन्धन रहने कि नरहने? रहँदा चाहिँ कस्तो खालको गठबन्धन रहने? निर्वाचन पछिको परिदृश्य के रहने भन्ने कुरामा सबैका आ–आफ्ना आंकलन, स्वार्थ र चिन्ता छन्।

त्यस्तै, पहिले प्रचण्डको पृष्ठभूमि हामीले समेत बुझेका थिएनौं। नेपालमा सशस्त्र द्वन्द्वको आवश्यकता थियो? थिएन? यो चाहिँ अनुसन्धानको पाटो हुनसक्छ। तर, अहिले धेरै कुरा छर्लङग हुँदै गएको छ। भारतको प्राविधिक कुराबाट एक किसिमको अत्यन्तै ठूलो लगानी, सहयोगमा तथाकथित जनयुद्ध, सशस्त्र युद्ध जे–जे मच्चियो। त्यसपछि नाटकीय रुपमा पुनर्स्थापित संसद्‌मा त्यत्रो शक्तिसहित स्थापित गर्ने, ठूलो पार्टी भएर पनि सत्ताबाट विस्थापित गराउने कारकमा त भारत रह्यो। 

आफूले लगानी गरेको, मद्दत गरेको, पार्टी, व्यक्ति र शक्तिबाट भारतको अपेक्षा थियो। तर, त्यो अनुसारको काम हुन सकेन। त्यही कारण उनीहरूको सम्बन्ध पनि बिग्रियो। त्यसको अनुभव त हामी सबैले गरेकै छौं। कहिले माओवादी नभइ नहुने। माओवादीको नेतृत्व स्वीकार गरिदिनु पर्ने। कहिले माओवादी र प्रचण्ड, उपेन्द्र यादवलाई किन चाहिने भन्ने पनि हामीले महसुस गर्न थाल्यौं। यसको कारक भारत रहेको समयक्रमले पुष्टि गर्दै गएको छ।

एउटा बाह्य राष्ट्रले कुनै पनि देश भित्रका सबै राजनीतिक शक्तिहरूसँग समदूरीमा आफ्नो एउटा सम्बन्ध राख्ने कुरा स्वस्थ कूटनीति हो। तर, भारतले त्यो नभएर माइक्रो म्यानेजमेन्ट गरेको देखियो। कहिले यो दललाई, कहिले त्यो दललाई।

पहिलेभन्दा चाहिँ अहिले मोदी आएपछि धेरै हदसम्म आशंका अलिकति शान्त छ। तर, परिस्कृत छ। सरकार बन्न छाड्यो कि अनेक किसिमका चर्चा, परिचर्चा सुनिन्थ्यो। त्यो अहिले कम भएको छ। जे भए पनि त्यही सन्दर्भमा अहिले भारतले बनाएको परराष्ट्र नीति नेपालप्रति त्यति सरल भने छैन। यो कुरा बुझेको मोदी सरकारले प्रचण्डसँगको भेटलाई भने नीतिलाई करेक्सन गरेर सबै राजनीतिक पार्टीहरूसँग समदूरीको सम्बन्ध राख्नुपर्छ भनेर पार्टीको व्यवहार गरेको, भेटघाट गरेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्य रुपमा नेतृत्व बीचमा सम्बन्ध हुनु, सम्पर्क हुनु, कूटनीतिमा राम्रै हो। तर, नेपालीलाई भने परिणाम चाहिएको छ। अहिलेसम्म जो सरकारमा भए पनि नेपालको व्यापारघाटा, नेपालको पानी, भूउपयोगको अन्तर्राष्ट्रिय कानुन, नियम अनुसारको व्यवहार नेपालले पाउन सकेको छैन। भन्ने बेलामा सार्वभौम भन्ने, तर उनीहरूले नेपालका स्रोत साधनमाथि मनपरि गर्ने गरेका छन्। पानी रोकिदिने, सीमाका विवाद स्थापित मान्यता अनुसार कूटनीतिमार्फत समाधान गर्नुपर्छ भन्ने तर वार्तामा कहिल्यै नबस्ने। 

अहिले भारतले औपचारिक रुपमा नेपालको सस्तो बिजुली लिन पनि अनेक किसिमका बखेडा ल्याउँछ। दिने कुरामा पनि किचकिच गर्ने, यता नेपालीहरूले परिणाम चाहिरहेका छन्। जस्तो खोपका विषयमा, तुइन प्रकरणमा, मानवीय दृष्टिकोणले त भारतको  परिपक्व कूटनीति होइन। मान्छे मरेको छ। सत्यतथ्य घटना पनि पत्ता नलाउने, लास नेपालपट्टी छ कि भारतपट्टी छ त्यो खोज्नलाई समेत मद्दत नगर्ने भनेपछि कस्तो किसिमको कूटनीति हो?

अहिलेसम्म नेपाललाई मात्रै एकतर्फी आरोप थियो। आवश्यक परेपछि १९५० को सन्धि खारेज गर्नु परे पनि गरौं। हामीलाई के छ र? भन्ने पनि थियो। सीमानालाई नियमन गर्ने कुरा, सन्धिहरू पुनारवलोकन गर्ने कुरा, दुवै पक्षको सहमतिबाट हुने हो। ईपीजीको रिपोर्ट नबुझ्ने भारतको परिपक्व कूटनीति हैन। दुवै तर्फका सरकारको उच्च तहबाट आफैंले बनाएको, कूटनीतिक विशषेज्ञहरूले सहमतिमा बनाएको रिपोर्टलाई ग्रहणसम्म नगर्ने। त्यो ग्रहण नगर्नु पर्ने कुनै बाध्यकारी पनि थिएन।  ग्रहण गरिदेऊ भनेर जिद्धि गरिरहनु पर्ने अवस्था छ। 

भेटको चर्चा भएपनि प्रधानमन्त्री मोदीले प्रचण्डलाई भेट दिएनन्। यसले कस्तो संन्देश दिन्छ?
हाम्रो कूटनीति कस्तो छ भने कुनै विदेशी व्यक्ति नेपाल आयो भने सबैभन्दा पहिले प्रधानमन्त्रीले भेट दिनुहुन्छ। भारतमा चाहिँ त्यस्तो हुँदैन। त्यहाँ चाहिँ अन्तिममा हुने हो प्रधानमन्त्रीसँग भेट। तहगत रुपमा पहिलो व्यक्तिसँग के कुरा भयो, तुरुन्तै अर्काे निकायलाई रिपोर्टिङ हुन्छ। उसले फेरि ‘फरदर’ कुरा गर्छ। तेस्रोले भेट्छ उसले पनि ‘फरदर’ कुरा गर्छ।

उनीहरूको आफ्नो आवश्यकीय स्वार्थ कति छ कति छैन भन्ने कुराको आकलन गर्छन्। प्रत्येक बैठकमा उनीहरूले नोट गरेर राखेका हुन्छन्। संस्थागत ‘मेमोरीमा’ राखेका हुन्छन्। पहिले के कुरा थियो, आज के कुरा भयो? कति फरक भयो भन्ने कुरा राखेर बल्ल आफ्नो दृष्टिकोण राख्ने गर्छन्। यता त भाग्य भरोसा छ। सिधै प्रधानमन्त्रीसँग भेटिसकेपछि अन्यको त के कुरा रह्यो र!

नेपाली राजदूत शंकर शर्मालाई भारतका परराष्ट्रमन्त्री एस जयशंकरले अहिलेसम्म भेट नै दिएका छैनन्। तर, प्रचण्डलाई भने उनले भेटे। यसले कूटनीतिकस्तरमा भन्दा पनि निश्चित व्यक्तिसँग सम्बन्ध बढाउन खोजेको हो भाजपाले? 
आफ्नो प्रतिकूल नहोस्, आफ्नो अनुकूल, आफ्नो अजेन्डालाई कुनै प्रतिकूलताको आभाष नहोस् भन्ने उनीहरूको चाहना हो। त्यो कुरो त प्रष्ट नै छ। यसका लागि उनीहरू आवश्यक ठानेका व्यक्तिसँग सहकार्य गर्छन्। 

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणलगत्तै प्रचण्ड भारत गए। नेपालले एमसीसी पास गरेको, चीन र अमेरिकाबीच द्वन्द्व भइरहेको अवस्थामा यसले के सन्देश दिन्छ? 
अहिले जे भइराखेको छ त्यो अमेरिकीहरूको नेतृत्वमा र पश्चिमीहरूको नेतृत्वमा भइरहेको छ। भारत साक्षी किनारा बसेर सबै काम भइराखेको छ। त्यो भनेको चाहिँ हाम्रो पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समयमा सामन्त गोयल आएर ‘ब्लुप्रिन्ट’ बनाए। त्यो ‘ब्लुप्रिन्ट’ अगाडि बढिराखेको छ। नेपाल–भारत सम्बन्धमा भारतको दृष्टिकोण पनि त्यही छ। हामी गहिरिएर त कहिल्यै सोच्दैनौं। गोयलसँगको भेटमा के कुरा भयो, के प्रस्ताव थियो? अहिलेसम्म कहिँकतैबाट बाहिर आएन।

प्रचण्डको पनि भारतका सुरक्षा सल्लाहाकार अजित डोभलसँग भएको एक्लाएक्लै भेटमा केही महत्त्वपूर्ण गफ भएको छ। त्यो पनि विस्तारै चर्चामा आउला। यस्तो किसिमको कूटनीतिक गतिविधिले मुखले ठूला ठूला कुरा गर्ने, तर द्वैध चरित्र देखाउने प्रवृत्तिले विदेशीले टेर्छ त? म यो या त्यो भन्न चाहन्नँ। समग्र देशको कुनै पार्टी, कुनै नेता नभइ देशकै विश्वसनीयता घटेर गइरहेको छ। अमेरिकासँगको सम्बन्धमा, पश्चिमाहरूसँगको सम्बन्धमा, चीन, भारतसँगको सम्बन्धमा हामीप्रतिको विश्वसनीयता झनझन घट्दो क्रममा छ। 

यो परिपाटीले त भूराजनीतिक चपेटा झन् बढ्छ नि, होइन?
हामी कमजोर हुँदा बढी हाल्छ नि! जति जति हामी कमाजोर हुँदै जान्छौं, त्यति त्यति दबाबहरू बढ्छ। असजिलो पर्दै जान्छ। जस्तो, एमसीसीमा पनि धेरै गिजोलिने काम भयो। म त अरूलाई दोष दिन्नँ। समय मागेको त हामीले हो नि! प्रचण्ड र प्रधानमन्त्री भएर चिठी लेख्ने सल्लाह कसले दियो? त्यो खोजम न हामी। त्यो त सबै बिर्सिसक्यौं।   

कूटनीतिमा निरन्तरता, प्राथमिकता भन्ने हुन्छ। जस्तो, सीमा विवादपछि नक्सा जारी गरियो। अहिलेसम्म मतलबै छैन। हाम्रो स्थापित मान्यताअनुसार कूटनीतिक माध्यमबाट वार्ता गर्ने भन्ने थियो, त्यो कहिल्यै हुनै सक्दैन। तसर्थ, सबै भद्रगोल नै छ। 

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणपछि वाम एकताको चर्चा चल्यो। प्रचण्डको भारत भ्रमणले वाम–लोकतान्त्रिक गठबन्धनमा भारतको जोड दियो भन्ने पनि चर्चा छ..
चिनियाँले पनि आफ्नो छिमेकमा कम्युनिस्ट पार्टीहरू एक होउन् भन्ने चाहनु अस्वाभाविक होइन। कम्युनिस्ट पार्टी नेपालमा छ भन्दा आनन्द अनुभूति हुन सक्छ। नेकपाको सरकार हुँदा चिनियाँहरूले यहीँ आएर प्रशिक्षण दिने गरेका थिए। तर, अहिले चीन पार्टी–पार्टी सम्बन्ध बनाउनु पर्छ भनेर लागेको देखिन्छ। 

त्यस्तै, भारतको सत्तारुढ भाजपाले पनि पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने भन्ने छ। यो हुनु कूटनीतिक परिपक्वता हो जस्तो लाग्छ। समस्या हामीमा छ। यहाँका पार्टीहरू यहीँ मिल्ने मिलाउने हो। तर, यहाँका पार्टीहरूले मिलाइदेऊ भन्ने आशयले कुरा गरेपछि भारत या चीनले आफ्नो स्वार्थमा यहाँ चहलपहल गर्नु स्वाभाविक हो।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश बिहीबार, भदौ १८, २०८३
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग बिहीबार, भदौ १८, २०८३
सरकारले भोटेकोशी बाढी प्रभावित व्यवसायलाई राहत र कर छुटसहितको सुविधा दिने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्