काठमाडौं– २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्। निरन्तर उनकै साथमा रहेका विशद दाहालले डा केसीलाई लिएर सेनाको हेलिकाेप्टर काठमाडौं प्रस्थान गरेको जानकारी दिए।
उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकाेप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो।
डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो।
अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका थिए।
उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन्।
डा केसीलाई त्रिवि शिक्षण अस्पतालमा राख्न लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।