• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रतिरक्षाको सुमेरु पर्वत बोक्न हिँडेको एक आधुनिक 'हनुमान'को डायरी

64x64
नेपाल लाइभ बुधबार, साउन २, २०७५  १०:५९
1140x725

अरुबेला बिहान तीन पटक अलार्म बज्नुपर्थ्यो, अनि मात्रै उसको ज्यान ओछ्यानमा चलमलाउँथ्यो। दुई–चार पटक हाइ काढ्थ्यो। बल्ल बिस्तरा छाड्थ्यो। तर, आज अचम्मै भयो, पहिलो घन्टीमै जुरुक्क उठ्यो।

आज उसलाई ज्यान त्यसैत्यसै चंगा भएको महसुस भयो। आफ्नो ज्यानमा बढेको जाँगरदेखि ऊ चकित परेको छ। यसो हुनुको कारण छ– एक जुगमा एक दिन आउँछ भन्थे, उसका लागि पनि त्यो दिन आयो।

उसले हिजोदेखि सरकारबाट ऐतिहासिक जिम्मेवारी पाएको छ। उसका श्रद्धेय अध्यक्ष तथा देशका कार्यकारी प्रमुखले ठूलो जिम्मेवारी सुम्पेका छन्– प्रतिरक्षा गर्ने। इतिहासकै शक्तिशाली जननिर्वाचित सरकारको प्रतिरक्षा गर्ने जिम्मेवारी कम ऐतिहासिक होइन। सरकारको रक्षाका लागि त्यत्रा सेना छन्, त्यत्रा दुईथरी प्रहरी छन्। तर, तिनीहरुलाई छोडेर ऊ जस्तालाई दिइएको छ जिम्मेवारी। त्यसैत्यसै उज्यालियो ऊ। 

इतिहासले कहिलेकाहीँ महान् जिम्मेवारी सुम्पन्छ भन्ने कतै पढेको कुरा उसलाई हो जस्तै लाग्यो।

भोट उसले धेरै पटक हाल्यो। अझ यही पार्टीका लागि उसले दुई–चार पटक प्रहरी र प्रतिपक्षी पार्टीको भाटा खेपेको हो। निधारमा एउटा खत अझै छ। ४ वर्षकी छोरीले बेला–बेला सम्झाइदिन्छे।
आज पनि सम्झाई– ‘बाबाको निधारमा के भा’को?’

ऊ आफ्नो पार्टीलाई ऐतिहासिक जित दिलाउन गरेको ऐतिहासिक बलिदानी सम्झेर त्यसैत्यसै मुस्कुराउन थाल्छ। एक–दुई पटक बलिदानीको कथा छोरीलाई सुनाएको पनि हो, तर छोरीले बुझे–बुझे जस्तो, नबुझे–नबुझे जस्तो गरी। ‘बुझ्ने भइसकेकी छैन’ भन्ने सम्झेर ऊ आफैं चुप लाग्यो।

यत्तिकैमा भान्साबाट रुखोसुखो स्वर सुनियो। उसकी प्राणप्यारीको रहेछ। दूध र साग लिन पठाएको मान्छे छोरी खेलाएर बसेकोमा असन्तुष्टिको आवाज रहेछ। अरुबेला बूढीको चर्को रिसलाई मधुर स्वरमै भए पनि प्रतिरक्षा गर्थ्यो। तर, आज केही नबोली गयो।

साग पसलेले सधैंको भन्दा ५ रुपैयाँ बढी माग्यो। उसले प्रतिप्रश्न गर्‍यो– ‘किन आज बढी?’ पसलेले के जाति ‘कर’को कुरा सुनाइराथ्यो, तर उसले त्यो ‘करकर’ धेरै सुन्न चाहेन। 

Ncell 2
Ncell 2
nimb
nimb

अरुबेला आफ्नो खल्तीमाथि आइपर्ने यस्ता संकटको प्रतिरक्षा गर्न ऊ तम्सिन्थ्यो। सरकारको प्रतिरक्षा गर्ने ऐतिहासिक अभिभारा पाएको मान्छे आज झिनामसिना कुरामा अल्झिन चाहेन।

ऊ प्रतिरक्षाको ‘मुड’सहित अफिस हिँड्यो। एक्कासी आँखा मोटरसाइकलको पेट्रोल इन्डिकेटरतिर गए। देख्यो, इन्डिकेटरको सुई त रातोतिर सोझिँदै रहेछ। बाटोछेउकै पेट्रोल पम्पतिर मोटरसाइकल सोझ्यायो।

हातमा ५ सय रुपैयाँको नोट लिएर चर्को स्वरमा भन्यो– ‘भाइ, ५ लिटर तेल राख त!’ तेल हाल्नेले उसको हातको ५ सय देखेर कन्फर्म गर्न खोज्यो– ‘दाइ ५ लिटर कि ५ सयको?’

‘५ सयको’, उसले आफ्नो आदेशलाई आग्रहमा परिणत गर्‍यो।

मोटरसाइकलमा पेट्रोल हालिरहँदा उसले सम्झ्यो– अस्ति भर्खर त हो उसको क्रान्तिकारी सरकारले पेट्रोलको भाउ वृद्धिमा ह्याट्रिक हानेको।

पेट्रोल हालेर फर्किंदा सरकारबारे थोरै चिन्तन गर्न भ्यायो उसले। सरकारको प्रतिरक्षा गर्ने आफ्नो ऊर्जामा केही मन्दी आएको महसुस भयो। तैपनि उसले योजना बनाइसकेको थियो– अफिस पुग्नेबित्तिकै आज पहिलो काम नै सरकारको प्रतिरक्षाका लागि डट्ने।

ऊसँग भाउको प्रतिरक्षाको हतियार त उही फेसबुक र ट्विटर न हो। 

अफिस पुगेपछि उसले रिसेप्सनिस्टलाई भन्यो– ‘केही समय भेटघाटका लागि मान्छे नपठाउनू।’ 

रिसेप्सनिस्टले केही भन्न खोज्दै थिई, उसले सुन्न चाहेन। यसरी अलमलिँदा प्रतिरक्षा गर्न बाटोमा सोचेका केही थान ट्विट र स्टाटस बिर्सिने डर थियो। हिजै मात्र गफमा भुलेर फुरिसकेको दामी ट्विट बिर्सेकोमा उसलाई आजसम्म थकथकीे लागिरहेको छ। अहिले पनि त्यस्तै नहोस् भन्ने उसले चाहनु अस्वाभाविक होइन। 

सरासर आफ्नो टेबलमा गयो र ल्यापटप खोल्यो। ऊ हतारमा थियो। कतिबेला एउटा ट्विट गरिहालूँ भन्ने हतारो उसमा थियो। धेरैबेर लगाएर खुलेको ल्यापटपमा उसले ‘गुगल क्रोम’ खोल्यो। इन्टरनेट नभएको जनाउ पायो। 

उसले रिसेप्सनिस्टलाई बोलायो– ‘इन्टरनेट के भयो?’

तीन महिनाको प्याकेज हिजै मात्र (१ गते) सकिएको जानकारी रिसेप्सनिस्टले मसिनो स्वरमा गराई।

उसले झपार्ने शैली प्रयोग गर्दैै सोध्यो– ‘किन नतिरेको त?’

केही दिनअघि आफूले पूर्वजानकारी गराएको रिसेप्सनिस्टले सम्झाई।

बिर्सेको उसैले रहेछ। उसले चेक निकाल्यो र साइन गर्न लाग्दा रिसेप्सनिस्टले रोक्दै भनी– ‘सर, यसपल्ट अलि बढी तिर्नुपर्छ होला! सरकारले इन्टरनेटमा कर बढाएको छ।’ आर्थिक वर्षको अन्त्यमा हिसाब रफादफा गर्दा उसको दिमागमा यसपल्ट खर्च कटौती गरेर बचत बढाउने सुविचार पैदा भएको थियो। त्यो सुविचारको गर्भ उक्सिन नपाउँदै इन्टरनेटको बिलका कारण पतन भइसकेको थियो। 

श्रद्धेय अध्यक्ष एवं देशका प्रधानमन्त्रीले प्रतिरक्षा गर्न दिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने क्रममा यसरी इन्टरनेट तगारो बनिदिएपछि ऊ कामविहीन भयो। प्रतिरक्षा गर्ने नै इन्टरनेटबाट हो, त्यसकै भाउ बढाएपछि कसरी प्रतिरक्षा गर्ने? उसलाई प्रधानमन्त्रीसँग अलिअलि रिस पनि उठ्यो।

उसले सरकारले आफू र आफू जस्ताहरुको मर्का बुझ्न नसकेको महसुस गर्‍यो। तर, यस्ता कुरामा अलमलिरहनु उसले उचित ठानेन। 

दूर गाउँमा केही दिनदेखि उसका बुवा ज्वरोले थलिएका थिए। सिटामोलको जोर नचलेपछि आज जिल्ला अस्पताल लैजाने कुरा थियो। त्यसैले घरमा फोन गरेर हालखबर बुझ्ने मनसाय बनायो। 
फोनको प्रतिउत्तरमा जिल्ला अस्पतालमा डाक्टर नभेटिएको भन्ने आयो। ‘तालिममा जानुभा’छ, केही दिनमा आउनुहुन्छ रे, यहाँका स्वास्थ्यकर्मीले सहरतिर लैजानु भनेका छन्’, उसको कान्छो भाइले जस्ताको त्यस्तै सुनायो।

अघिल्लो वर्ष उसकी आमाको अनुहारको एलर्जीका लागि काठमाडौं रिफर गरिएको थियो। औषधि ८ सय ५० लागेको थियो, तर आउँदा–जाँदा १६ हजारभन्दा बढी। 

स्वास्थ्य उपचारबारे गम्दै गर्दा उसले सम्झ्यो, जुम्लामा अनसनरत डा गोविन्द केसी। जसले उसको महान् सरकारलाई अप्ठ्यारो पारिरहेका छन्। उसले पनि लहलहैमा लागेर हिजोसम्म केही थान गाली डा केसीमाथि पनि बर्साएको थियो। एकाएक डा केसीका माग पढ्न मन लाग्यो। उसले मोबाइलका डाटा अन गर्‍यो र उसले चिनेको एउटा स्वास्थ्य पत्रकारकोे इनबक्समा म्यासेज गर्‍यो– ‘यार, डा केसीका मागको सूची पठाइदे न!’

डा केसीका माग घोत्लिएर पढ्दा उसले ‘दुर्गमका जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य उपचार हुनुपर्छ, गरिब जेहेन्दार विद्यार्थीले निःशुल्क डाक्टर बन्न पाउनुपर्छ, सबै प्रदेशमा सरकारी मेडिकल कलेज खुल्नुपर्छ, डाक्टर बन्ने पढाइ गुणस्तरीय हुनुपर्छ’ जस्ता आसय भेट्यो।

उसले विश्वास गरेन। दोहोर्‍याएर पढ्यो। त्यो पत्रकारलाई फोनै गरेर पनि सोध्यो। त्यसपछि त ती माग डा केसीका होइन, आफ्नै जस्ता लाग्न थाले। डा केसीले भने जस्तै कुरा पहिलेदेखि नै भइदिएको भए केके हुनसक्थ्यो? जस्तो कि, डा पढ्ने रहर र क्षमता भएको ऊ अथवा कसैले डा पढ्न पाउने थिए । छिमेकी कोही सामान्य उपचार नपाएर मर्नु पर्दैनथ्यो कि, ८ सयको उपचारका लागि १६ हजार तिर्नुपर्दैनथ्यो कि? काठमाडौंमै कोहीले खराब उपचार पाएर थप समस्या झेल्नुपर्दैनथ्यो कि? उसका दिमागमा प्रश्नवाचक जिज्ञासाका हुल आएर सेलो नाच्न थाले । 

त्यसपछि एकपल्ट आफ्नो ‘कम्युनिस्ट’ सरकारबारे गम्यो। उसलाई कम्युनिस्ट बन्न प्रेरित गर्ने साथीहरुको भनाइ सम्झ्यो। आफूले पढेका केही थान सिद्धान्तका किताबका हरफ दिमागमा ल्यायो । ती आदर्शमा विश्वस्त भएर अरुलाई सुनाएका सुनौला संसारका कथा सम्झियो। यही पार्टीको चुनावताकाको वाचा सम्झ्यो। अनि सम्झ्यो, बिहानदेखि अहिलेसम्मका आफ्ना भोगाइ।

ओहो ! सबतिर गडबड पो छ त।

त्यसपछि उसलाई लाग्यो– कि यो सरकार कम्युनिस्ट होइन, कि म होइन।

फेरि उसलाई लाग्यो– दुई तिहाइ पाएको सरकारले ‘कम्युनिस्ट’ दाबी गरिरहेको छ, मैले कसरी ऊ कम्युनिस्ट सरकार होइन भन्न सक्छु? बरु मै होइन होला! 

उसले मनमनै भन्यो– मेरो नाम लक्ष्मीप्रसाद मसँग प्रशस्त पैसा भएकाले राखिएको हो र? कम्युनिस्ट त पार्टीको नाम पो त!  

उसले आफूले पढेका केही कम्युनिस्ट पुस्तक, अहिले छायामा परिसकेका वा मरिसकेका केही नेताको वाणी पनि सम्झियो। अनि पक्का भयो, यो सरकार त नाम मात्रैको कम्युनिस्ट रहेछ।

उसमा एउटा विचार आयो– म त्यो खालको ‘कम्युनिस्ट’ होइन भने किन कम्युनिस्ट सरकारको प्रतिरक्षा गर्ने?

अब ऊ ‘प्रतिरक्षा’बाट प्रतिपक्षतिर धकेलियो।

फेरि उसलाई लाग्न थाल्यो– प्रतिपक्षमा त अहिले कांग्रेस छ, म कसरी कांग्रेस हुन सक्छु? 

उसले आफैंलाई सोध्यो– अब म के त?

उसको मनले जवाफ दियो– यो देशका सार्वभौम नागरिक। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सार्वभौम नागरिक।

फेरि अर्को प्रश्न आएर निहुँ खोज्न थाल्यो– त्यसो भए हिजोसम्म के थिएँ त? 

उसको मनले उसैलाई कटाक्ष गरेर भन्यो– ‘हनुमान। आफ्नो शक्ति, विवेक र स्वतन्त्रता बिर्सेको एउटा पार्टीको हनुमान!’

प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास
आज शेयर बजार बन्द रहने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्