काठमाडौं– प्रदूषण मापदण्डभित्र नपरेका सवारीसाधनलाई भदौ १ गतेदेखि मात्र बन्देज लगाइने भएको छ।
काठमाडौं उपत्यका र सबै महानगर/उपमहानगरपालिकाभित्र यसखालका सवारी सञ्चालनमा साउन १ बाटै रोक लगाउने सरकाले निर्णय गरे पनि तयारी नपुगेको जनाउँदै एक महिना अवधि थप गरिएको हो।
प्रदूषण जाँच सम्बन्धी उपकरणहरु सम्बन्धित केही कार्यालयमा नपुगेको र कर्मचारीलाई तालिम दिने क्रम जारी रहेकाले भदौबाट मात्र यो निर्णय लागू हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
यस्तै, मन्त्रालयले सबै चारपांग्रे सवारीलाई सो अवधिभित्र चेकजाँच गराई मापदण्डमा परेमा हरियो स्टिकर टाँस्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।