• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संघीय संसद्का कर्मचारीले लिँदै आएको ८० प्रतिशत भत्ता कटौती, निरन्तरता दिन अर्थ मन्त्रालयलाई संसदको पत्र

64x64
नेपाल लाइभ मंगलबार, साउन १, २०७५  १३:३५
1140x725

काठमाडौं– संघीय संसद्‌का कर्मचारीहरुले पाउँदै आएका ८० प्रतिशत भत्ता नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएसँगै कटौती भएको छ। 

यसैबीच अतिरिक्त भत्ता नरोकिदिन भन्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले व्यवस्थापिका संसदका कर्मचारीहरुलाई अर्थ मन्त्रालयलाई पत्र लेखेका छन्। 

भत्ता नदिने निर्णय भएमा मंगलबारदेखि काम बहिस्कारसहित आन्दोलनका कार्यक्रम गर्ने तयारीमा रहेका कर्मचारीहरुसँग सहमति गर्दै सोमबार अर्थमा पत्र पठाइएको हो।  

बैसाख २७ गतेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने भन्दै संसदका कर्मचारीको भत्ता साउन १ गतेदेखि कटौती गर्ने निर्णय गरेको थियो। उक्त नीति अनुसार अब सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महँगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज भएको थियो। 

उक्त व्यवस्था लागू हुने अघिल्लो दिन सोमबार संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र लेख्दै भत्तामा निरन्तरता दिन भनेको हो। 

अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदवहालीसँगै सार्वजनिक खर्च घटाउन मितव्ययिताको नीति ल्याउने बताएका थिए।

व्यवस्थापिका संसदका सबै कर्मचारीले तलब बाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता, दैनिक ६ सय खाजा भत्ता र बिदाको दिनको ७ सय ५० रुपैयाँ खाजा भत्ता लिँदै आएका थिए।

यसरी भत्ता समावेश हुँदा संसदका कार्यालय सहयोगी पदका कर्मचारीले मासिक ४१ हजार ३ सय ६४ रुपैयाँ बुझ्ने गर्थे। उनीहरुको न्यूनतम तलब १२ हजार ९ सय ८० मात्र हो। तर, त्यसमा ८० प्रतिशत भत्ताबापत १० हजार ३ सय ८४ र खाजा खर्चबापत दैनिक ६ सयका दरले १८ हजार रुपैयाँ थपिन्छ। सार्वजनिक बिदाको थप रकम जोडिँदा ४१ हजार नाघ्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सचिवालयका खरिदार तहका कर्मचारीको न्यूनतम स्केल १७ हजार ७ सय ३० छ। यी कर्मचारीले ८० प्रतिशत भत्ताबापत १४ हजार १ सय ८४ र खाजा खर्चबापत १८ हजार गरी ग्रेडबाहेक कम्तीमा ४९ हजार ९ सय १४ रुपैयाँ बुझ्थे। सुब्बा स्तरका कर्मचारीले १८ हजार ८ सय तलब स्केल, १५ हजार ४० प्रोत्साहन भत्ता र १८ हजार खाजा खर्च गरी ५१ हजार ८ सय ४० रुपैयाँ बुझ्दै आएका थिए। 

यस्तै, संसदका अधिकृत स्तरका कर्मचारीको तलब स्केल २४ हजार ४ सय, ८० प्रतिशत भत्ताबापत १९ हजार ९ सय २० र खाजा खर्च १८ हजार गरी ६१ हजार ९ सय २० रुपैयाँ पुग्थ्यो। 

उपसचिवले तलब स्केल २७ हजार ३ सय ७०, प्रोत्साहन भत्ता २१ हजार ८ सय ९६ र खाजा खर्च १८ हजार गरी मासिक ६७ हजार २ सय ६६ बुझ्ने गर्थे। सहसचिवले ३२ हजार १ सय २०, ८० प्रतिशत भत्ताबापत २५ हजार ६ सय ९६ र खाजा खर्च १८ हजार गरी ७५ हजार ८ सय १६ बुझ्दै आएका थिए। 

महालेखापरीक्षकको कार्यालयले समेत यस्तो भत्तालाई बेरुजुको सूचीमा राखेको थियो।  

महालेखाको २०७१ सालको प्रतिवेदनले संसदका कर्मचारीलाई अतिरिक्त प्रोत्साहन भत्ता दिँदादिँदै दैनिक ६ सय खाजा खर्च दिनु ‘अनुचित’ भनेपछि गत वर्ष केही रकम कटौती भएको थियो। तत्कालीन सभामुख ओन्सरी घर्तीले खाजा भत्ता कटौती गरेकी थिइन्। 

हाल संसद् सेवा अन्तर्गत विभिन्न पदका ३ सय ५० कर्मचारी छन्। संसद् सचिवालय मात्र होइन, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र लगायत पहुँचदार निकाय तथा मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय गराएर कर्मचारीलाई मनलाग्दो हिसाबले अतिरिक्त भत्ता दिँदै आएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग
सरकारसँग पाठकको प्रश्न: गोली लागेर मर्ने सहिद, बाँच्ने अपराधी?
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सोमबार, असोज ५, २०८३
सरकारसँग पाठकको प्रश्न: गोली लागेर मर्ने सहिद, बाँच्ने अपराधी? सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने सोमबार, असोज ५, २०८३
एमालेभित्रको असन्तुष्टिमा ओलीको आक्रोश : ‘पार्टीभित्रै समस्या सिर्जना गर्न लागिपरे’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्