• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारीका क्षेत्रमा आश्वासनको भारी, अघिल्ला मन्त्रीहरुका एक दर्जनभन्दा बढी योजना अलपत्र

64x64
नेपाल लाइभ मंगलबार, साउन १, २०७५  ०२:५५
1140x725

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि आर्थिक वर्ष ०७४÷७५ धेरै योजना ल्यायो। तर, ती योजना कार्यान्वयन नहुँदा आश्वासनमै सीमित हुन पुगेका छन्।

मन्त्रालय सम्हालेपछि हरेक श्रममन्त्रीले वैदेशिक रोजगारी क्षेत्रका विकृति–विसंगति निमिट्यान्न पार्ने योजना आफूसँग रहेको बताउने गरेका छन्। तर, सुरुवातमै लोकप्रियताका लागि एकैचोटि धेरै नयाँ योजना सार्वजनिक गर्ने र तिनको कार्यान्वयनमा खासै ध्यान नदिने प्रवृत्ति विगतदेखि नै रहँदै आएको छ।

यो आर्थिक वर्ष ०७४/७५ मा सरकार परिवर्तनका कारण श्रम मन्त्रालयमा पछिल्लो पटक गोकर्ण विष्टसहित ४ जना मन्त्रीले जिम्मेवारी सम्हाले। विष्टअघिका मन्त्रीहरुले वैदेशिक रोजगारीमा जाने कामदारका हकअधिकार स्थापित गर्ने धेरै योजना ल्याए पनि कार्यान्यवन नगरी बिदा भएका थिए। 

चालू आर्थिक वर्षमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा दीपक बोहोरा, सूर्यमान गुरुङ र फरमुल्लाह मन्सुरपछि विष्ट आएका हुन्। पद सम्हालेसँगै उल्लेखनीय काम गरेर चर्चामा आएका मन्त्री विष्टको बाँकी कार्यकाल भने हेर्न बाँकी नै छ। 

विष्टले मन्त्रालय सम्हालेका केही दिनमै रोजगारी क्षेत्रमा कायम सिन्डिकेट अन्त्यका लागि विशेष पहल सुरु गरेका थिए। उनी युएईले कामदारमाथि लगाएको प्रहरी रिपोर्टको सिन्डिकेट अन्त्य गर्न सफल भएका छन् भने अन्य मुलुकको सिन्डिकेट हटाउन जुटिरहेका छन्। 

मन्त्री विष्टले कार्यकालको चार महिनामा केही उल्लेखनीय काम गरेका छन्। उनले कूटनीतिक नियोगबाट कामदारको माग प्रमाणीकरण, विदेशमा मृत्यु भएका कामदारको शव बुझ्न आउने आफन्तका लागि त्रिभुवन विमानस्थलमा कुरुवा गृह निर्माण, विदेशका जेलका रहेका कामदारको कानुनी परामर्श, श्रम नियमावली निर्माण, श्रमिकको न्यूनतम पारिश्रमिक घोषणा, प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने घोषणा लगायत काम गरेका छन् भने केही योजना अघि बढाएका छन्। 

भाषणमा सीमित आश्वासन

श्रम मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारीमा जाने युवालाई विभिन्न आश्वासन बाँडेको छ।   

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले विदेशमा समस्या परेका कामदारको तीव्र उद्धार, लेवर कार्डको व्यवस्था गर्ने, श्रम बैंक स्थापना, रेमिट्यान्स कोष स्थापना, युरोपमा गन्तव्यको खोजी, नयाँ रोजगारदाता मुलुकसँग श्रम सम्झौता गर्ने, प्रत्येक प्रदेशमा तालिम केन्द्र स्थापना, बैंक मार्फत आर्थिक कारोबार, फ्री भिसा र फ्री टिकट कार्यान्वयन, भारतमा गएका कामदारको विवरण संकलन, ठगी नियन्त्रणका लागि विशेष प्रहरी फोर्स दूतावासमा राख्ने लगायत कार्ययोजना अघि सारेको छ।

यस्तै, सार्क मुलुकमा रोजगारीमा जाने कामदारको एउटै सेवा–सुविधा, फर्किएका कामदारको विवरण संकलन, रोजगारदाता मुलुकसँग श्रम सम्झौता, स्मार्टकार्ड वितरण, स्थानीय तहबाट रोजगारी पीडितका परिवारलाई क्षतिपूर्ति वितरण, वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने, वैदेशिक रोजगारी मुद्दा हेर्ने अधिकार स्थानीय निकायलाई दिने, विभिन्न देशमा स्थानीय भाषाका कर्मचारी नियुक्ति गर्ने  लगायतका कार्ययोजना पनि मन्त्रालयको छ। 

वर्तमान सरकारले यस्ता नयाँ योजना सार्वजनिक गरे पनि विगतका श्रममन्त्रीले अघि सारेका १५ वटाभन्दा बढी योजना अझै अलपत्र अवस्थामा छन्। 

कामदारको जीवनसँग प्रत्यक्ष जोडिएका योजना जुन सरकारको पालामा अघि सारिए पनि अलपत्र पार्न नहुने श्रम विज्ञ मधुविशाल पण्डित बताउँछन्।

मेनपावर कम्पनी र दलालले गर्ने ठगी रोक्न, विदेश जाने कामदारलाई सरलीकरण गर्नेतर्फ मन्त्रालयका कर्मचारी र व्यवसायी दुवैले नचाहेको रोजगारीका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको आरोप छ। 

विभिन्न मुलुक पुगेका कामदारको आर्थिक र सामाजिक सुरक्षाको प्रत्याभूतिका साथै समस्यामा पर्दा उद्धारका लागि भरपर्दो संयन्त्र विकास गर्न सरकारले विभिन्न योजना तयार गरे पनि कार्यान्वयन भने कहिल्यै हुने गरेको छैन। 

नीतिगत निर्णयको अभावमा थुप्रै योजना अलपत्र अवस्थामा मन्त्रालयमा थन्किएको वैदेशिक रोजगार विज्ञ दिपेन्द्र थापा बताउँछन्। 

‘सरकारले नीतिगत निर्णयहरूको कार्यान्वयनमा जनशक्ति अभाव र कर्मचारीको भौतिक सुरक्षालाई कारण देखाउँदै आएको छ, तर मन्त्रीले चाहेमा तयारी अवस्थामा रहेका योजना कार्यान्वयन गर्न कति समय पनि लाग्दैन’, उनले भने, ‘फ्रि भिसा फ्रि टिकट पनि जनशक्ति अभावका कारण रोकिएको भन्दै मन्त्री र सचिव पन्छिने गरेका छन्।’ वैदेशिक रोजगार विभागले १४ सय वटा म्यानपावर र करिब ४ सय अभिमुखीकरण केन्द्रको नियमित अनुगमनका लागि जनशक्ति अभाव भएको बताउँदै आएको छ। विभागमा अहिले रहेका कर्मचारीले उजुरी र गुनासो सम्बोधन गर्दैमा समय सकिने गरेको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए। 

‘श्रम र रोजगार क्षेत्रलाई सरकारी कर्मचारीले मात्र व्यवस्थित गर्न गाह्रो हुन्छ’, उनले भने, ‘वैदेशिक रोजगारीसँग आर्थिक सामाजिक र राजनीतिक जोडिएको छ। यसैले यो क्षेत्र सुधार्न सबै पक्षको सहयोग चाहिन्छ।’

विभागको काम गर्ने सोच र शैलीमा परिवर्तन गरी नयाँ ढाँचासहितको संरचना निर्माण गर्नुपर्ने विभागका पूर्वमहानिर्देशक पूर्णचन्द भट्टराईको सुझाव छ। 

‘मन्त्रालयले योजना घोषणा गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी मौलाउँदै जानु विडम्बना नै हो’, उनले भने।

चालू आर्थिक वर्ष २०७४/७५ को ११ महिनामा करिब ४ लाख ८० हजार युवा वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा उल्लेख छ।  विभागका अनुसार, गत आर्थिक वर्षमा ६ लाख ५५ हजार युवा विदेशिएका थिए।

प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  ०२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्