काठमाडौं- सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।पाण्डेले यसअघि साउदी अरेबियाका लागि नेपाली राजदुत भएर काम गरेका थिए।
संयुक्त अरब इमिरेट्स(युएई) तथा संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि पनि रिक्त भएपनि नियुक्त हुन सकेको छैन। दुवै ठाउँमा परराष्ट्र सेवाबाट पठाउने सम्भावना छ ।
अबदेखि कुनै पनि देशमा राजदुत पद नियुक्त हुनुभन्दा ३ महिना पहिले नै नियुक्ति प्रक्रिया सुरु गरिने सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।