• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चिकित्सा विधेयकबारे प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्षका सांसदबीच दोहोरी

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  ०८:४५
1140x725

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। 

बैठक सुरु भए लगत्तै कुर्सीबाट उठेर कांग्रेसका सांसदहरुले अवरोध गरेका हुन्। चिकित्सा शिक्षा अध्यादेश कार्यसूचीमा रहेको बैठकको सुरु भए लगत्तै कांग्रेस सांसद उठेका थिए।

संसद् अवरुद्ध हुँदा कांग्रेस सांसद मिनबहादुर विश्वकर्मा, सभामुख कृष्णबहादुर महरा र नेकपाका सांसदहरुबीच दोहोरी नै चल्यो। 

कांग्रेसका सांसदले सरकार माफियाको पक्षमा ऐन ल्याउन लागिरहेको आरोप लगाए भने सभामुखले सरकारको ध्यानाकर्षण भएकाले सदन अवरुद्ध नगर्न आग्रह गरेका थिए। तर, नेकपाका सांसदहरुले भने प्रमुख प्रतिपक्षले जनताको मतबाट जितेर बहुमत प्राप्त गरेको जनप्रतिधिलाई कानुन बनाउने काममा अल्पमतले रोक्न लागेको बताए। 

सभामुख बोलिरहेको समयमा उठेर गरेको अवरोध नियमसम्मत नभएको र एक–दुई जना उठेर अवरोध नहुने दाबी नेकपाका सांसदहरुले गरे। 

यस्तो छ संवादः

सभामुख महरा : आजको प्रतिनिधिसभाको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरु कसैको केही (भन्नु) छ? 

कांग्रेस सांसद मिन विश्वकर्मा : चिकित्सा शिक्षा विधेयक विगतका सहमति विपरीत संसदमा पुनः पेस भएको छ। तर, यो विधेयकमा विगतमा भएका सहमति पालना गरिएको छैन। डा गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन्। केसीले १४औं अनसनका बेला यही विषयमा सहमति भएको थियो। तर, अहिले दर्ता भएको विधेयकमा उक्त सहमति तोडिएको छ।  १४औं अनसनमा भएको सहमति अनुसार निर्माण भएको अध्यादेश जारी भएको थियो। सोही अध्यादेशलाई यो सरकारले पनि मानेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, अब प्रतिस्थापन विधेयक मार्फत चलखेल गर्न दिने अभिप्रायले माफियाको प्रभावमा सरकारले विधेयक दर्ता गरेको  छ। यो ठीक छैन भनी आम नेपाली जनता, नागरिक समाज र विज्ञहरुले आपत्ति प्रकट गर्दा पनि सरकार किन यही विधेयक अगाडि बढाउने पक्षमा छ? विगतमा प्रतिस्थापन विधेयकमा प्रतिपक्ष दलले विरोध गर्दा कार्यसूचीबाट हटेको थियो। तर, फेरि यसलाई समावेश गरिएको छ। केसी १७ दिनदेखि अनसनमा छन्। तर, सरकार ठट्टा र चुट्किला गर्दै बसेको छ। एक–दुई जना उभिएर संसद अवरुद्ध हुँदैन, एक दुई जना मर्दैमा सरकार पछाडि फर्कँदैन जस्ता टिप्पणी प्रधानमन्त्री र मन्त्रीहरुले गर्ने गरेका छन्। सरकार संसदमा उठेको प्रश्नको जवाफ दिनुपर्नेमा चोक र चौतारीमा संसदको खिल्ली उडाइरहेको छ। वार्ताद्वारा समस्या समाधान गर्न जरुरी छ। केसी एउटा नागरिक मात्र होइन, यो कुरा सरकारले हेक्का राख्न जरुरी छ।  शिक्षा र स्वास्थ्य क्षेत्रको समस्या समाधान र विकृति नियन्त्रण गर्न उनी अनसनमा छन्। यस्तो स्थितिमा संसद् अगाडि बढ्न सक्दैन। 

सभामुख महरा : यहाँकै सदस्यहरुले विरोधको सूचना दर्ता गर्नुभएकाले यस प्रक्रियालाई स्वीकार गरेको देखिन्छ। केसीको विषयमा सरकारको पर्याप्त ध्यानाकर्षण भएको छ। म सरकारको  पुनः ध्यानाकर्षण गराउँछु। सरकारले केही न केही कदम चाल्छ। 

नेकपा सांसद कृष्णभक्त पोखरेल :  नियमावलीको नियम ६ मा  सबै सांसदले सहयोग गर्नुपर्छ भनेको छ। सुरुमा उहाँहरुले नै सरकारले प्रतिस्थापन विधेयक ल्याउन पाइँदैन भनी विरोध गर्नुभयो। नियमित प्रक्रियाबाट ल्याउन माग गर्नुभयो। अहिले आएर अवरोध गरियो। यो संसदको अधिकार कुण्ठित गरिँदैछ। संसदमा अल्पमतले बहुमतलाई कानुन बनाउन रोक्ने कुनै अभ्यास हुन सक्दैन। जनतालाई न्याय गर्ने कानुन बनाउन कुनै सांसद उभिँदैमा अवरोध भएको मान्य हुने व्यवस्था नियमावलीमा उल्लेख छैन। 

सभामुख : माननीय सदस्यहरु बसिदिनोस्। यो प्रक्रिया अगाडि बढाऔं। 

नेकपा सांसद खगराज अधिकारी : यो गम्भीर विषयमा यो संसद् अन्त्यन्त जिम्मेवारपूर्वक प्रस्तुत हुन चाहिरहेको छ। प्रतिपक्षले उठाएका विषयमा उहाँहरुसँग सहमति गरेर प्रतिस्थापन अध्यादेशको साटो नियमित प्रक्रियाबाट आएको हो। उक्त समयमा भएको सहमति अहिले पालना गर्दिनँ भन्न प्रतिपक्षले मिल्दैन। प्रतिनिधिसभाको नियमावलीको नियम २० मा सभामुखले बोलिरहेको समयमा बाधा गर्न नहुने व्यवस्था छ। यसमा गम्भीर ध्यानाकर्षण होस्। 

सभामुख : छलफलमा भाग लिनुभन्दा पहिले समय दिन सकिन्छ। अहिले बसौं माननीय सदस्यहरु।  

कांग्रेस सांसद मिन विश्वकर्मा : सभामुखज्यू, बैठक चले जसरी नियमापत्ति गर्न दिइने कुन नियम अन्तर्गत हो, यसमा ध्यानाकर्षण गर्छु। 

सभामुख : नियम कोड गरेर गर्नुभएको छ माननीय सदस्यज्यू, म फेरि आग्रह गर्छु बस्नोस्। प्रतिनिधिसभाको बाँकी कार्यक्रम अगाडि बढाउन मद्दत गर्नोस्।

केही माननीय सदस्यहरुले आफ्नो स्थानबाट उठेर अवरोध खडा गरिरहनुभएकाले यो बैठक आधा घन्टाका लागि स्थगित हुन्छ।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्