• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विमानस्थलमा एउटा पसलको भाडा ३ करोड, ५० रोपनी जग्गाको ७० लाख !

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  ११:५७
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष पार्किङको ठेक्का वार्षिक डेढ करोड रुपैयाँमा लागेको थियो। तर, विमानस्थल कार्यालयले विमानस्थलको ५० रोपनी जग्गा भने त्योभन्दा आधा सस्तो अर्थात् ७० लाख रुपैयाँमा दिएको छ। 

हाल विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेनगेट) छेउमा भवन निर्माण भइरहेको जग्गा वार्षिक जम्मा ७० लाख रुपैयाँमा लिजमा दिइएको हो। जुन भवन विगत ५ वर्षदेखि त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्दै आएका भारतीय नागरिक विमल पोद्दारको समूहले बनाउँदै आएको छ।

मिलेमतोका आधारमा निकै सस्तोमा विमानस्थल कार्यालयले जग्गा लिजमा दिइएको विमानस्थल स्रोत बताउँछ। २०६९ कात्तिक २ गते विमानस्थल कार्यालयले रसुवा जेभी निर्माण सेवासँग सम्झौता गरेको थियो।

करिब ८ सय कार अट्ने पार्किङसहितको भवन निर्माणमा लागि जग्गा लिजमा दिइएको हो। जहाँ पार्किङबाटै सो कम्पनीले वर्षमा एक करोडभन्दा धेरै कमाउने सम्भावना छ। सो कम्पनीले बनाइरहेको पार्किङ सञ्चालनमा आएपछि विमानस्थलको माथिल्लो भागमा पार्किङ पूर्णरुपमा रोक्न लागिएको छ। 

त्यस्तै, भवनबाट सो कम्पनीले करोडौं उठाउनेछ। त्यहाँ बैंक, एयरलाइन्स, ट्राभल एजेन्सी, रेस्टुरेन्ट तथा अन्य पसलहरु सञ्चालनको तयारी भइरहेको छ। कम्पनीले करोडौं कमाउने भए पनि विमानस्थल कार्यालयले भने त्यसबाट थोरै मात्र आम्दानी गर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

‘विमानस्थलको जग्गामा व्यापारीहरुले राज गर्न लागेका छन्’, विमानस्थल कार्यालयका एक अधिकारी भन्छन्, ‘विमानस्थलभित्र व्यापारीलाई भवन सञ्चालन गर्न दिँदा एकातर्फ सुरक्षाको जोखिम त छँदै छ, त्यसका साथै विमानस्थलको सम्पत्तिमा व्यापारीहरुले रजाइँ गर्ने देखिन्छ।’

विमानस्थलभित्रै अहिले एउटै पसलको भाडा वर्षमा ३ करोड रुपैयाँसम्म उठ्ने गरेको छ। डिपार्चरको ‘वेटिङ’ कक्षमा व्यवसायी सुवास श्रेष्ठले ३ वर्षका लागि ९ करोड भाडा तिर्ने सम्झौता गरेर पसल चलाइरहेका छन्। तर, ५० रोपनी जग्गा ७० लाख रुपैयाँमा दिनु आश्चर्यजनक भएको विमानस्थलकै कर्मचारीहरु बताउँछन्।

विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री भने ६ वर्षअघिकै ठेक्का भएकाले सम्झौताको विषयमा आफूलाई धेरै थाहा नभएको बताउँछन्। 

ठूला नेता तथा शक्तिकेन्द्रका व्यक्तिहरुको दबावमा सो ठेक्का दिइएको स्रोत बताउँछ। जग्गा लिज र भवन निर्माणमा पोद्दारसहित व्यापारी दीपक मल्होत्रा र कांग्रेस सांसद मोहन आचार्यको लगानी छ। सम्झौता भएकै वर्षदेखि कम्पनीले भाडा तिर्नुपर्ने भए पनि ६ वर्षयता एक रुपैयाँ पनि तिरेको छैन। 

सो भवन निर्माण गर्ने व्यापारी पोद्दार हाल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। विशेष अनुसन्धान टोलीसँगको बयानमा उनले धेरैतिर सेटिङ मिलाएर विमानस्थलको जग्गाको ठेक्का पाएको बताएका छन्। 

पोद्दारको बयानका आधारमा विशेष अनुसन्धान टोलीले उनका साझेदारहरुमाथि पनि अनुसन्धान गरिरहेको छ। सुन तस्करका अभियुक्तलाई नै विमानस्थलमा भवन निर्माण गरी सञ्चालन गर्न लागिएकोबारे टोलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत जानकारी गराएको छ।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्