• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फ्रि–भिसा र टिकटकाे सुविधामा ७० प्रतिशतसम्म श्रमिकको माग, नियमन नहुँदा व्यवसायीलाई दोहोरो फाइदा

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  ०१:१५
1140x725

काठमाडौं– रोजगारदाता देशका कम्पनीले नेपालबाट श्रमिक आपूर्ति गर्दा फ्रि–भिसा र टिकटको सुविधा दिएर समग्रमा ७० प्रतिशतसम्म कामदार माग गर्ने गरेको पाइएको छ। थोरै तथा साना रोजगादाता कम्पनीले मात्र नेपालबाट कामदार माग गर्दा फ्रि–भिसा दिएपनि हवाई टिकटको सुविधा भने नदिने गरेको वैदेशिक रोजगार व्यवसायीहरुले नै बताउने गरेका छन्।

त्यसो त कतिपय रोजगारदाता कम्पनीले कामदार माग गरेबापत् फ्रि भिसा, हवाई टिकट र कामदार आपूर्ति गर्दा लाग्ने खर्च पनि म्यानपावर कम्पनीलाई उपलब्ध गराउने गरेको एक व्यवसायीले बताए। राम्रा र ठूला रोजगारदाता कम्पनीले कामदार आपूर्ति गरेबापत प्रति कामदार १३ सय अमेरिकी डलर खर्च छुट्याउने गरेको उनले दावी गरे।

राम्रा र ठूला रोजगारदाता कम्पनीले नेपालबाट कामदार लिएबापत् फ्रि–भिसा र टिकटसहित कामदार आपूर्ति गर्दा अतिरिक्त खर्च पनि दिने गरेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ बताउँछन्। ‘सरकारले रोजगारदाता मुलुकसँग नेपालबाट कामदार लिँदा यो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने माग गर्न नसक्दा अहिले पाइरहेको फ्रि–भिसा र टिकट पनि गुम्ने खतरा बढ्दै छ।’, तामाङले भने, ‘कामदार पठाउने सन्दर्भमा रोजगारदाता मुलुकसँग सरकारले निश्चित मापदण्ड बनाउनुपर्छ।’ 

खाडी तथा मलेसियाका अधिकांश ठूला रोजगारदाता कम्पनीले टिकट सुविधासमेत दिने गरेको पूर्वअध्यक्ष तामाङले दावी गरे। तर नेपालले कामदारको हकमा लागू गरेको फ्रि–भिसा र टिकटको निर्णय राम्रो भएपनि कार्यान्वयनमा ल्याउन भने उनी चुनौति देख्छन्।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कामदार आपूर्ति गर्दा लाग्ने सबै लागत रोजगारदाता कम्पनीले नै व्येहोर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्व उपाध्यक्ष कुमुद खनालको तर्क छ। यद्यपी व्यवसायीलाई फ्रि–भिसा र टिकटको माग ल्याउन नै चुनौति रहेको उनले दावी गरे। ‘नेपालका रोजगार व्यवसायीले धेरै प्रयास गर्दा मात्र फ्रि–भिसा र टिकट ल्याउन सफल हुन्छन्। रोजगारदाता मुलुकले नेपाललाई डिमान्ड दिइहाले पनि उनीहरूले भनेको समयमा कामदार आपूर्ति गर्न नसक्दा कोटा काटिने गर्छ।,’ खनाल भन्छन्, ‘विदेशबाट डिमान्ड ल्याए पनि कामदार पठाउन कम्तीमा १ महिना लाग्छ। ढिलो हुने भएकाले डिमान्ड दिन पनि रोजगारदाताले अप्ठयारो मान्ने गर्छन्।’

नेपालबाट प्रायः अदक्ष कामदार नै रोजगारीमा पठाउनुपर्ने बाध्यता भएकाले रोजगारदाताले फ्रि–भिसा दिएपनि फ्रि–टिकट दिन भने गाह्रो मान्ने गरेको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्ताना बताउँछन्।

मलेसिया, युएई, ओमान, कतार र बहराइनका धेरै कम्पनीले फ्रि–भिसा र फ्रि–टिकट उपलब्ध गराउने गरेको व्यवसायी स्विकर गर्छन्। तर, फ्रि–भिसा र टिकटमार्फत वैदेशिक रोजगारीमा जाँदा आएको सेवा शुल्क भने कमै श्रमिकसम्म मात्र पुग्ने गरेको छ।

कम्पनीले दिने सेवा शुल्क विचौलियाको हातमा 

Ncell 2
Ncell 2
nimb
nimb

रोजगारदाता देशका कम्पनीले कामदार आपूर्ति गरेबापत दिने सेवा शुल्क डिमान्डको व्यापार गर्ने विचौलियाको हातमा पर्ने गरेको रोजगार व्यवसायीहरु नै बताउँछन्। यस्तो सेवा दिने कम्पनीमा काम गर्ने कामदार र डिमान्डको व्यापार गर्ने विचौलिया मिलेर श्रमिकलाई छुट्टााइएको रकम खाएर उल्टो नेपालका म्यानपावरसँग डिमान्डवापत थप रकम असुल्ने गरेको मलेसिया कामदार आपूर्ति गदै आएका एक व्यवसायीले दावी गरे।

नेपालमा रोजगारदाता मुलुकसम्म भिसा व्यापार गर्ने र कामदार ठग्ने विचौलियाको बिगबिगी रहेको स्वयम् व्यवसायी बताउँछन्। यस्ता विचौलियालाई कतिपय म्यानपावर कम्पनीले समेत सहयोग गर्ने गरेको पाइन्छ।

यसरी भिसाको व्यापार गर्नेमा गैरआवासीय नेपाली, रोजगारीमा गएका अन्य नेपाली कामदार तथा नेपालका कतिपय म्यानपवार व्यवसायी छन्।

मलेसिया र साउदी जाने कामदारले १ लाखभन्दा धेरै रकम तिरेर जाने गरेका छन्। यस्तै युएई, ओमान र बहराइन जाने कामदारसँग म्यानपावर व्यवसायीले १ देखि ४ लाखसम्म लिएर पठाउने गरेको पाइन्छ।

व्यवसायी दोहोरो फाइदामा

नेपालबाट कामदार विदेश पठाउने रोजगार व्यवसायीले दोहोरो फाइदा लिइरहेको वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ दावी गर्छन्। ‘रोजगार व्यवसायीले नेपालबाट कामदार पठाएबापत् रोजगारदाता कम्पनीबाट र कामदारबाट पनि रकम लिएर दोहोरो फाइदा लिइरहेका छन्।’, गुरुङले भने, ‘सरकारले नियमन गर्न नसक्दा व्यवसायीको मनपरी नै चलेको छ।’ विज्ञ गुरुङ सरकारले गरेको फ्रि–भिसा र फ्रि–टिकटको निर्णय कामदारको हकहितका लागि भएकाले यसलाई जतिसक्दो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।

नेपाल सरकारले तीन वर्षअघि फ्रि–भिसा र टिकट लागू गरेको हो। तर केही व्यवसायीले चर्को विरोध गर्दै आएका छन् भने केही व्यवसायी मौन रहेका छन्। केही व्यवसायीले रोजगार डिमान्ड ल्याउँदा धेरै खर्च लाग्ने भन्दै फ्रि–भिसा र टिकटको निर्णयमा पुनर्विचार गर्नुपर्ने माग सरकारसँग राख्दै आएका छन्।

सरकारले खाडीका ६ देश कतार, साउदी अरब, ओमान, बहारइन, कुवेत, युएई, जोर्डन र मलेसिया गरी ७ वटा मुलुकमा जाँदा फ्रि–भिसा र टिकटको व्यवस्था लागू गरेको छ। यी देशमा जाने कामदारले सेवा शुल्कवापत १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने सरकारी नियम छ। यो व्यवस्था लागू गरेपछि नेपालबाट १५ लाखभन्दा बढी कामदार बाहिरिएका छन्। जसमध्ये सरकारले फ्रि–भिसा र टिकट लागू गरेका देशमा करिब ८५ प्रतिशत कामदार जाने गरेका छन्।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्