• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारले विधेयकबाट हटायो ७५ प्रतिशतले निःशुल्क डाक्टरी पढ्न पाउने प्रावधान

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०७५  ०७:१६
1140x725

काठमाडौं- गरिब तथा जेहेन्दार विद्यार्थीले पनि सहज रुपमा डाक्टरी शिक्षा पढ्न पाउनुपर्छ भन्दै डा केसी १५ औं अनसनमा छन्। दुर्गम र दुरदराजका जनताले सहज रुपमा गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने मागलाई बुलन्द बनाउन यसपटक उनी जुम्लामा अनसन बसिरहेका छन्।

अनसनको १६ औं दिनसम्म पुग्दा डा केसीको स्वास्थ्य गम्भिर बनेको छ। डा गोविन्द केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अनसन स्थलमा भेन्टिलेटर र डिफिब्रिलेटर राखिएको छ। यसका साथै आकस्मिक अवस्थामा चाहिने सबै औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको छ।

डा केसी माग पुरा नभए ‘जुम्लामै मर्न तयार छु’ भनिरहेका छन्। तर, डा केसीको मागका विषयमा सरकार अझै संवेदनशिल भएको छैन। सरकार उल्टै डा केसीको माग विपरित कार्य गर्दै अगाडि बढीरहेको छ। 

जुम्लामा डा केसीको ज्यान खतरामा रहीरहेका समयमा सरकारले भने उनको माग र माथेमा कार्यदलको मर्म विपरित चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गराएको छ।

सरकारले दर्ता गराएको विधेयकमा गरिब तथा जेहेन्दार विद्यार्थीले निःशुल्क पढ्न पाउने प्रावधान नै विधेयकबाट हटाइदिएको छ। सरकारले २२ गते प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा भने ७५ प्रतिशत विद्यार्थीले निःशुल्क एमबिबिएस तथा बिडिएस अध्ययन गर्न पाउने व्यवस्था नै हटाइएको छ।

जबकी चिकित्सा शिक्षा अध्यादेशमा कम्तिमा पनि ७५ प्रतिशत सिटमा निशुल्क छात्रवृत्तिको व्यवस्था राखिएको थियो। अध्यादेशको दफा १७ को उपदफा ७ मा 'सार्वजनिक शिक्षण संस्थाले स्नातकस्तरको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तीमा पचहत्तर प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नु पर्ने र आयोगको परामर्शमा त्यस्तो सिट क्रमशः बृद्धि गर्दै लैजानु पर्ने' उल्लेख छ।


 

यो व्यवस्था लागू हुँदा गरिव तथा जेहेन्दार विध्यार्थीले एमबिबिएस र बिडिएस निशुल्क अध्ययन गर्न पाउने कुरा कानुनी रुपमा नै सुनिश्चित हुनेथियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, संसदमा दर्ता भएको विधेयकमा भने पचहत्तर प्रतिशतको व्यवस्था हटाएर 'आयोगले तोकेको' भनिएको छ। 

यो व्यवस्थापछि ऐनमा नै कोटा निश्चत नभएका कारण आयोगलाई छात्रवृत्तिको कोटा ७५ प्रतिशत नै बनाउनु पर्छ भन्ने बाध्यकारी व्यवस्था हुँदैन। जसका कारण आयोगले ७५ प्रतिशत भन्दा निकै कम कोटा मात्र निःशुल्कमा राख्न सक्ने खतरा रहन्छ। 

ऐनमा नै ७५ प्रतिशत तोक्दा आयोगले बाध्यकारी रुपमा उक्त प्रवधान कार्यान्वयनमा ल्याउनु पर्छ र जेहेन्दार गरिबले डाक्टरी पढ्न पाउने कुराको सुनिश्चितता हुने डा केसी बताउँछन्। ‘यसरी निःशुल्क अध्ययन गरेका डाक्टरलाई सरकारले तोकेको स्थानमा काम गर्न पठाउन सकिन्छ, जसका कारण दुर्गमका स्वास्थ्य संस्थामा पनि डाक्टर पुग्ने कुरा सुनिश्चित हुन्छ,’ उनले भने, ‘तर, अहिले ऐनमा नै उक्त कुरा नराख्दा त आयोगले भोली ५, १० वा १५ प्रतिशतलाई मात्र छात्रवृत्ति दिनसक्छ। यो त गरिबका लागि न्याय भएन नि।’

अध्यादेशमा ७५ प्रतिशत निशुल्क छात्रवृत्ति राख्ने व्यवस्था डा केसीसँग ८ औं अनसनका समयमा भएको सहमति अनुसारको हो। डा केसीले त्यो भन्दा अगाडिका अनसनका क्रममा छात्रवृत्तिको संख्या बढाउनु पर्ने माग राख्दै आएका थिए। सोही अनुसार ८ औं अनसन भन्दा अगाडि तयार भएको माथेमा कार्यदलको प्रतिवेदनमा पनि छात्रवृत्तिको संख्या बढाउनु पर्ने सुझाब छ। 

प्रतिवेदनमा सार्वजनिक कलेजमा स्नातकस्तरको कार्यक्रममा उपलव्ध सिट संख्याको ५० प्रतिशत सिट निःशुल्क हुनुपर्ने सुझाब छ।

सरकारले उक्त सुझाब कार्यान्वयनमा नल्याएपछि डा केसीले अनसनका समयमा त्यसको कार्यान्वयनको माग राख्दै आएका थिए। सोही अनुसार ८ औं अनसनको समयमा डा केसीले दुर्गममा डाक्टर पठाउने सुनिश्चितताका लागि र गरिबले पनि सहजै एमबिबिएस पढ्न पाउने व्यवस्थाका लागि सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निःशुल्क गर्न माग गरे।

२०७३ असार २६ गते उक्त मागसहित अनसनमा बसेका डा केसीसँग सरकारले साउन १० गते सहमति गर्यो। 

सहमितमा 'सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तिमा ५० प्रतिशत सिट संख्यामा निःशुलक गर्ने विषय विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झैता अनुसार क्रमशः वृद्धि गर्दै ७५ प्रतिशतसम्म पुयाउने' उल्लेख छ।

सोही सहमति अनुसार चिकित्सा शिक्षा अध्यादेशमा ७५ प्रतिशत कोटा नि:शुल्क हुने राखिएको हो। 

प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेकुमा प्लास्टिक गोदाममा आगलागी
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? सोमबार, असोज ५, २०८३
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्