• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
सीताराम हाछेथु : पहिले 'नो स्मोकिङ'ले प्रेम, अहिले 'नो स्मोकिङ' प्रेम
64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  १५:५७
1140x725

ललितपुर- सीताराम हाछेथु प्रहरी सेवामा हुँदा जहाँ पुग्थे, त्यहाँ केही न केही सम्झना छाडेर फर्किन्थे। प्राप्त जिम्मेवारीलाई मन वचनदेखि पालना गर्नसक्ने प्रहरी अधिकारीको पहिचान बनाएर सेवानिवृत्त भए।

अहिले उनी ललितपुर महानगर प्रहरी प्रमुखका रुपमा कार्यरत छन्। त्यहाँ पनि उनी त्यसैगरी सक्रिय छन्। नगरलाई सुन्दर, शान्त, सफा र स्वस्थ राख्न लागिपरेका छन्। त्यसमा उनको विशेष ध्यान सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणमा छ।

नगरभित्रका सूर्तिजन्य पदार्थ निषेधित क्षेत्रलाई नियमन गर्ने र कानुन पालना गराउने मात्रै होइन, यसको असरबारे जनचेतना जगाउन उनले आफूलाई समर्पित गरेका छन्। यही कर्मका लागि उनलाई धूम्रपान नियन्त्रण दिवसको पूर्वसन्ध्यामा यही क्षेत्रमा कार्यरत संस्था एक्सन नेपालले सम्मानित गर्‍यो।

सम्मानित भएपछि उनले धूम्रपानविरुद्ध आफू लागिपर्नुको अनुभूति सुनाए। उनको अनुभूति प्रेम थियो, वियोग थियो, संघर्ष थियो र सफलता पनि सुनाए। सुरु उनले प्रेमबाट गरे। उनले आफ्नी तत्कालीन प्रेमिका र हालकी श्रीमती बिजु प्रधानसँग जीवनयात्राको एउटै कारण 'नो स्मोकिङ' रहेको बताए।

अनुभूति सुनाउने क्रममा उनले भने, 'म २१ वर्षकै हुँदा मभन्दा दुई वर्ष जेठी बिजुसँग प्रेम भयो। उनका परिवाले विवाह गरिदिन मान्नुभएन।' बिजुलाई परिवारका सदस्यको प्रश्न थियो, 'आफू भन्दा कान्छो छ। कामकाज केही छैन। किन विवाह गर्न खोजेकी?'

बिजुले परिवालाई दिएको उत्तर थियो- ऊ चुरोट, रक्सी खाँदैन।

पछि उनीहरुले भागेर विवाह गरे। विवाहको रहर २५औं वैवाहिक वर्षगाँठका अवसरमा पूरा गरे। उनले श्रीमती बिजु प्रधानसँग परम्परागत शैलीमा पुनः विवाह गरेका थिए। हाछेथुले बाजागाजाका साथ स्वयम्बरदेखि सिन्दुर लगाइदिने कामसम्म गरेर पुरानो रहर मेटाए।

आफ्ना समवयीहरु चुरोटको कुलतमा भासिसकेको त्यो समयमा उनी ओभानो हुनुको कारण भने 'परिवार वियोग' थियो। भलै पछि त्यसले प्रेममा काम गर्‍यो। उनले अनुभूति सुनाए, 'हामी भक्तपुरको सानो घरमा बस्थ्यौं। घरमा हावा सजिलै आवातजावत गर्ने अवस्था थियो। बुवा चेनस्मोकर हुनुहुन्थ्यो। बुवाको उक्त कुलतले आमा र बुवा नै अकालमा बित्नुभयो।'

त्यसपछि उनले कहिल्यै धूम्रपान नगर्ने प्रण गरे। अरुलाई पनि नगर्न प्रेरित गर्न थाले। प्रहरी निरीक्षकबाट अवकाश प्राप्त गरेपछि उनी ललितपुर महानगर प्रहरी प्रमुख बने। त्यहाँ उनले सूर्तिजन्य पदार्थको नियन्त्रणमा अझ सक्रिय रुपमा लागिपर्ने बताएका छन्।

उनले हालसालै मात्रै दायाँ हातमा 'नो स्मोकिङ' ट्याटु खोपाएका छन्। त्यसले आफूसँग हात मिलाउन आउनेलाई सजग गराउने उनको बुझाइ छ। सोमबार एक कार्यक्रममा उनले ट्याटु देखाउँदै भने, 'मैले यो ट्याटु खोपाएर गएपछि सुरुमा बुढीले के रहर हो भनेर ठुस्स परिन्। पछि नो स्मोकिङ लेखिएको देखेपछि खुशी भइन्।'

सूर्तिजन्य पदार्थका सन्दर्भमा ललितपुरमा कानुनको पूर्ण पालना गराउने उनले बताएका छन्। ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जन पनि सूर्तिजन्य पदार्थको नियन्त्रणमा सकारात्मक भएकाले उनलाई अझ सहज भएको छ।

महर्जनले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि यसपल्ट त बजेट नै छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्। सूर्तिजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि कार्यक्रम बनाइने र बजेट छुट्याइने बताएका हुन्।

हाल ललितपुरको चार वटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए। पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। योसँगै ललितपुरको अन्य क्षेत्रहरुलाई पनि धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने प्रमुख महर्जनको प्रतिवद्धता छ।

नगर प्रहरी र जनप्रतिनिधिसहित सूर्तिजन्य पदार्थ सेवन नगरिदिन आग्रहसहित ललितपुर महानगरपालिका भित्रका घर–घरमा पुग्ने उनले बताए।

‘ऐन आएर मात्र हुँदैन। कार्यान्वयन गर्नुपर्छ। सुरुमै ठूलो उपलब्धि हासिल गर्न नसकेपनि सानोबाट सुरु गर्छौं। यसरी नै हामी अघि बढ्छौँ,’ उनले भने, ‘चुरोट, सूर्तिजन्य पदार्थ नखाइदिनुहोस् भनेर आग्रह गर्दै घर–घरमा पुग्नेछौँ। यो काम सहज होइन। तर हामी गर्छौं।’

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले घर–घरमा पुग्ने अभियान मंगलबारदेखि नै सुरु हुने जानकारी दिए। यसका लागि पाँच जना नगर प्रहरी खटाइने बताएका छन्। गाडीमा स्टिकर टास्ने अभियान समेत चलाउने भएका छन्। त्यसका लागि एक लाख स्टिकर बनाइसकेको हाछेथु बताउँछन्। 

स्टिकरमा लेखिएको छ- आज म जलिरहेको छु तपाईंका कारणले, भोलि तपाईं जलिरहनु हुनेछ मेरो कारणले।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ'
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्