complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महानगरको पहिलो बैठक : मेयरमाथि दबाब सिर्जना गर्ने वडाध्यक्षको प्रयास

64x64
नेपाल लाइभ सोमबार, जेठ १६, २०७९  २०:११
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा फोहरको विषयलाई प्राथमिकतमा राखेर मेयर बालेन शाहले ६ वटा प्रस्ताव पेश गरे। फोहरका विषयमा आफू बढी संवेदनशील रहेको दर्शाउँदै उनले यसकाे व्यवस्थापन नभएसम्म खादा र माला लगाउन नसक्ने बताए। 

सुरुमा आफ्ना प्रस्ताव राख्दै उनले भने, ‘फोहर व्यवस्थापन नगरेसम्म शोकको अवस्थामा छौं। हामी कुनै न कुनै रुपमा हत्यारा भएका छौं। हामीले पाँच मिनेट फोहर व्यवस्थापनमा नछुट्याएर छिमेकी नगरपालिकालाई समस्यामा पारेका छौं। यो म मेयरका रुपमा नभइ मानवताका हिसाबले बुझ्छु।’

मेयर शाहले फोहर व्यवस्थापनका विषयमा उठाएको सवाललाई प्राय: वडाध्यक्षले गम्भीर रुपमा लिएर र व्यवस्थापनका लागि आफ्नो भूमिका सहयोगी हुने बताए।  

यही क्रममा वडा २९ का अध्यक्ष कुस ढकालले भने मेयर शाहमाथि केही दबाब सिर्जना गर्ने प्रयास गरे। स्वतन्त्रबाट जितेका शाहलाई म नभनेर हामी भन्दै टिममा काम गर्न सुझाए। त्यसरी काम गर्दा आफूहरु साथ दिन तयार रहेको बताउँदै उनले घुमाउरो रुपमा दबाब सिर्जना गर्ने प्रयास गरे। 

कांग्रेसबाट निर्वाचित उनले सुझाव दिँदै भने,  ‘म नभनौं, हामी भनौं। म भनेर लोकप्रिय नबनौं। महानगर बनाउन साथ दिन तयार छौं।’ काठमाडौं जानी–जानी बिगारिएको भन्दै उनले बनाउन सुरु गर्नुपर्ने बताए।

उनले आमुल सुधार जरुरी भएको बताउँदै लोकप्रिय कुरा गरेर केही नहुनेसम्मका कुरा उठाए। वडा कार्यालयले २० करोड  उठाउने तर १० लाख रुपैयाँका लागि समेत मेयर र प्रशासकीय प्रमुखलाई चाकडी गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले उठाएको रकमको २० देखि ४० प्रतिशत रकम वडाले नै खर्च गर्न पाउनुपर्ने समेत बताए। 

ढकाललगायतलाई मेयर शाहले सकारात्मक हुन आग्रह गरे। ‘हामी केही गर्न सकिन्छ कि भनेर आएका हौं। यदि नकारात्मक सोच्थें भने म पाँच महिनाअघि नै चुनाव हारिसकेको हुन्थें। सबैले हार्छौ भन्थे,’ उनले भने, ‘जितिन्छ कि भनेर चुनाव लडेको हुँ,’ उनले भने।, ‘नकारात्मक सोच नकारात्मक हुन्छ।’

उनले वडाध्यक्षहरु र आफ्नो सोचाइमा फरक नभएको बताए। उनले आफ्ना लागि सबै बराबर भएको बताउँदै महानगर बनाउन लागिपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मेयर शाहलाई गरिएको उक्त प्रश्नको उत्तर बुझिनेगरी उपमेयर सुनिता डंगोलले दिइन्। 

त्यसको उत्तर दिँदै उपमेयर डंगोलले भनिन्, ‘व्यक्ति सफल हुन आएका होइनाैं, संस्था सफल पार्न आएका हौं। काठमाडौं महानगरपालिका सफल भयो भने हामी सबै सफल हुन्छाैं।’

उनले सहमति, सहयोग र सहअस्तित्वका भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन्। उनले पहिलो बैठक सफल भएको बताउँदै आगामी दिनमा अझै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताइन्।

प्रायः दोस्रोपल्ट वडाध्यक्ष बनेकाहरु थिए। उनीहरुले आफ्ना भनाइमा ‘अनुभवी’ रहेको बताउँदै नवनिर्वाचित मेयर र उपमेयरमाथि दबाब सिर्जना गर्ने कोशिस गरिरहे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सौहार्द रुपमै सकिन लागेको पहिलो कार्यपालिका बैठक अन्त्यतिर भने केही तनावपूर्ण बन्याे। कार्यपालिका बैठकमा कार्यकारी अधिकृत लोकनाथ पौडेलले ‘निर्णय’ सुनाउन थालेपछि केही वडाध्यक्ष आक्रोशित भए। 

विशेषगरी सरसफाइ, ढल व्यवस्थापन र कर्मचारीका बिदाका विषयमा पौडेलले सुनाएको निर्णय छलफलमा नै नआएको भन्दै काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसहितका जनप्रतिनिधि आक्रोशित भएका थिए।

त्यसपछि निर्णय नभइ आफूले प्रस्ताव राखेको भनेर पौडेलले सच्याए। शब्द नै फिर्ता लिनुपर्ने वडाध्यक्षहरुको दबाब झेल्न उनलाई मुस्किल पर्‍यो। 

अन्त्यमा फेरि मेयर शाह नै अघि सरेर माहोल शान्त पारे। वडाध्यक्षहरुले आफूहरु कार्यपालिका सदस्य रहेको र पास नगरेसम्म अर्थ नहुने भन्दै फेरि एकपटक दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। 

केहीबेर तनावपूर्ण रहे पनि समग्रमा सकारात्मक रहेको मेयर शाहको प्रतिक्रिया थियो। उनले पहिलो बैठक सकारात्मक रहेको सबैले राम्रो कुरा राखेको उल्लेख गरे। उनले सकारात्मक हुन सबैलाई आग्रह गरे। आफूले कसैका लागि कमाइदिनुपर्ने नभएकाले त्यतातिर नलाग्ने कुरामा विश्वस्त तुल्याए। ‘मलाई कसैका लागि कमाउनुपर्ने छैन। पार्टीलाई दिनुपर्ने छैन। तपाईंको पनि त्यस्तै होस्,’ उनले थपे।

पहिलो बैठकले मतदाता र नगरबासीलाई धन्यवाद दिँदै काठमाडौं महानगरपालिकाले मेयर शाहको संयाजकत्वमा फोहर व्यवस्थापनका लागि समिति गठन गरेको छ। समितिले महानगरको फोहर व्यवस्थापन विकल्प खोज्नुका साथै उचित व्यवस्थापनका विषयमा अध्ययन गर्नेछ। 

यसैगरी महानगरमा भएको शौचालयको समस्या समाधानका लागि रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ। त्यसका लागि सम्झौता गर्ने र बोर्ड राख्ने बताइएको छ।  

यसैगरी महानगरबासीको गुनासो सुन्ने कल सेन्टर बनाउने निर्णय पनि गरिएको छ। उक्त कल सेन्टर ७ दिनभित्र बनाउने निर्णय गरिएको छ। 

यसैगरी कल सेन्टरकै मातहतमा समस्या समाधानका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि निर्णय गरिएको छ। सरसफाइ र ढलको समस्या समाधान गर्ने विषयमा पनि निर्णय गरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्