• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नागढुंगामा बरामद सुन विमानस्थलबाटै तस्करी भएको खुलासा

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  १३:४५
1140x725

काठमाडौं– सुन तस्करी तथा सनम शाक्यको हत्या घटनाको विशेष अनुसन्धान निष्कर्ष नजिक पुगेको छ। अनुसन्धानका लागि गठन गरिएको ‘विशेष अनुसन्धान टोली’ले प्रतिवेदन लेखन सुरु गरेको छ। 

टोलीको म्याद सोमबारसम्म मात्र बाँकी छ। सरकारले अब म्याद नथपिने जनाउँदै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिइसकेको छ। सोही अनुसार टोलीले सुझावसहितको प्रतिवेदन लेखन प्रक्रिया सुरु गरेको हो। 

प्रतिवेदन बुझाएसँगै थप व्यापारीहरुलाई प्रतिवादी बनाउन सिफारिस गर्ने तयारी छ। त्यस्तै, देशको सुरक्षा संरचनामा भइरहेका कमजोरीको पनि सुधार गर्न सुझाव दिन लागिएको छ। टोलीका एक सदस्यका अनुसार, सुन तस्करी तथा हुन्डी कारोबारले देशको अर्थतन्त्रमा पुर्‍याएको असर र त्यसका नियन्त्रणका उपायलाई प्रतिवेदनमा राख्न लागिएको हो। 

अभियुक्तको संख्या बढ्ने

हालसम्म सुन तस्करी प्रकरणमा अभियुक्तको संख्या ९ जना प्रहरीसहित ७५ पुगिसकेको छ। अनुसन्धानका क्रममा यस प्रकरणमा थप व्यक्तिको संलग्नता खुलेको छ। फरार रहेका थप केही व्यक्तिलाई अभियुक्त बनाउन सिफारिस गर्ने टोलीको तयारी छ। जसमा केही नाम चलेका व्यवसायी समेत रहेको स्रोत बताउँछ। 

गृहमन्त्री रामबहादुर थापाले सो प्रकरणमा आफूहरु ठूला माछाको नजिक पुगेको बताएका थिए। तर, तस्करीमा संलग्न ठूला भनिएका व्यक्ति पक्राउ नपरी छानबिन टोलीको म्याद सकिन लागेको हो। तस्करीमा संलग्न व्यक्तिहरुको केही हाइप्रोफाइल व्यक्तिहरुसँगको निकट सम्बन्ध देखिए पनि तस्करीमै संलग्नताको प्रमाण टोलीले भेट्न सकेको छैन। राजनीतिक दबावका कारण पनि ‘लिंक’ देखिएका व्यक्तिहरुलाई टोलीले सोधपुछका लागि बोलाउन नसकेको स्रोत बताउँछ। 

नागढुंगामा बरामद सुन विमानस्थलबाट तस्करी 

गत असार १६ गते नागढुंगामा बरामद भएको सुन पनि सोही समूहले विमानस्थलबाट सुन तस्करी गरी ल्याएको खुलेको छ। पहिले नै विमानस्थलबाट तस्करी भएको र काठमाडौंमा लुकाएर राखिएको सुन भारत तस्करी भइरहेको अनुसन्धानमा खुलेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय नम्बरप्लेटको कारको फिल्टर बक्समा लुकाएर सुन तस्करी गर्ने क्रममा प्रहरीले गाडीका चालक भारतीय नागरिक दीपककुमार मौर्य र कञ्चनपुरका मनोज विकलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो। जसका क्रममा भारतीय नागरिकहरु अशोककुमार साह, चन्द्रमोहन जोशी र कञ्चनपुरकी सम्झना साहलाई पक्राउ गरेको थियो।  

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सो सुन विमानस्थलबाटै तस्करी भएको पुष्टि भएको छ। पक्राउ परेका अशोककुमार विमानस्थलबाट ३८ सय केजी सुन तस्करी गर्ने समूहकै सदस्य भएको पुष्टि भएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए। तीन किलो सुन तस्करीको अनुसन्धानको क्रममा टोलीले थप तीन जनालाई पक्राउ गरी छानबिन गरिरहेको छ। 

पहिलो पटक गठन भएको थियो टोली

गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सो घटनाको अनुसन्धानमा लापरवाही भएको गुनासो आएपछि गृहमन्त्रीले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। सोही आधारमा प्रहरीले आन्तरिक छानबिन समिति गठन गरेको थियो। प्रारम्भिक अनुसन्धानमा विमानस्थलबाट तस्करी भएको सुन हराएपछि शाक्यको हत्या भएको खुलेको थियो। 

साथै, सो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको अनुसन्धानमा खुलेपछि संगठित अपराध निवारण ऐन २०७० को दफा १२ मा रहेको प्रावधान अनुसार गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा चैतको तेस्रो साता छानबिन टोली गठन भएको हो। टोलीको २ पटक म्याद थप भइसकेको छ। 

नेपालमा संगठित अपराध निवारण ऐन अनुसार पहिलो पटक विशेष अनुसन्धान टोली गठन गरेको हो। जसमा नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्। टोलीले कानुन र राष्ट्र बैंकका कर्मचारीलाई समेत विशेषज्ञका रुपमा राखेर अनुसन्धान गरेको थियो।

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
टेकुमा प्लास्टिक गोदाममा आगलागी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्