• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्रीज्यू, मेडिकल शिक्षा पानीजहाज जस्तो होइन : गगन थापा

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  ११:०२
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपाललाई मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री केपी ओलीलाई त्यसो गर्दैमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता नहुने बताएका छन्। 

जुम्लामा अनसन बसिरहेका डा गोविन्द केसीको पक्षमा काठमाडौंमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले भने, 'मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री किन थाइल्यान्ड उपचार गर्न जानुभएको? किन बंगलादेश नजानुभएको? बंगलादेश मेडिकल हब हो।'

थापाले विदेशी विद्यार्थीलाई नेपालमा स्वास्थ्य शिक्षा दिने र मेडिकल हब बनाउने योजना बोकेका प्रधानमन्त्रीलाई मेडिकल शिक्षा पानीजहाज जस्तो नभएको समेत स्मरण गराए। 

'मेडिकल शिक्षा पानीजहाज जस्तो होइन। डलर तिरेर पढिदिन्छन् भन्ने सोचाइ नै गलत हो', उनले भने, 'प्रमाणपत्र मात्रै किन्न आउने हो भने बंगलादेशको जस्तै हुन्छ।' 

थापाले राजनीतिक व्यक्तिभन्दा निष्ठापूर्वक लागेका डा केसीको जीवन मूल्यवान् भएको बताए। उनले केदारभक्त माथेमाको टोलीले तयार गरेको प्रतिवेदन तोडमोड नगरी संसदमा पेस गर्न आग्रह गरे। 

'सरकारलाई अनुरोध गर्दैछु। केसी एक जोगी हुन्। हिम्मत छ भने जागिर छोडेर आऊ भन्नेहरु पनि छन्', थापाले थपे, 'जसले जिन्दगी छोड्छु भनेको छ, उसलाई जागिरको के चिन्ता?'

डा केसीमाथि लगाइएको राजनीतिक छापको पनि थापाले विरोध गरे। 

'कतिले केसीलाई कांग्रेस वा कतिपयले विवेकशील साझा पनि भन्छन्', थापाले भने, 'डा केसी फकिर हुन्। पार्टीको झन्डा नबोकी हिँड्न सक्छन्।'

Ncell 2
Ncell 2
nimb
nimb

थापाले केसी कसैले फकाएर नफकिने भन्दै चिकित्सा शिक्षा विधेयक ठीक तरिकाले सम्बोधन नहुञ्जेल उनलाई कसैले हल्लाउन नसक्ने बताए। 

उनले डा केसीको जीवन तलमाथि भयो भने कुनै पनि नेपाली उन्मुक्त हुन नसक्ने समेत उल्लेख गरे।

'डा केसीलाई तलमाथि नहोस्। म प्रार्थना गर्छु। तर, उहाँलाई तलमाथि भयो भने सिंगो देश अपराधबोधबाट मुक्त हुँदैन', उनले भने।

वार्ता गर्न काठमाडौं आउनुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइलाई थापाले व्यंग्यात्मक ढंगले प्रतिवाद गरे।

'शिक्षामन्त्रीलाई जुम्ला पनि नेपालमै पर्छ भनेर सम्झाउन म यहाँ उभिएको होइन', उनले भने।

थापाले विषयको गहिराइमा सरकारी पक्ष नपुगेको बताए। काठमाडौंमा दस वर्ष मेडिकल कलेज खोल्न दिनुहुँदैन भन्ने विषय कतिपयलाई सामान्य लागेको र कतिपयले आग्रहसहितका विचार राखेको उनले थपे। 

'दस वर्ष काठमाडौंमा मेडिकल कलेजलाई स्वीकृति दिनुहुँदैन भन्ने माग केसीको होइन। माथेमा आयोगको प्रतिवेदनको सिफारिस हो', उनले भने। 

थापाले काठमाडौंमा थप मेडिकल कलेज नचाहिने बताए। 

माथेमा प्रतिवेदनमा विज्ञहरुले विभिन्न अध्ययनबाट निस्कर्ष निकालेर सिफारिस गरेको विषयलाई नबुझिएको थापाले बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोधे, 'काठमाडौं र त्रिभुवन विश्वविद्यालयले थप सम्बन्धन दिन नसक्ने बताइरहेका छन्। प्रधानमन्त्री तथा शिक्षामन्त्री भन्छन्, जति दिए पनि हुन्छ। तपाईँको ज्ञानको स्रोत के हो?'

विद्यार्थी देशबाहिर गएको भन्ने विषयलाई पनि तथ्यसंगत छलफल गर्नुपर्ने थापाले बताए।

'आन्दोलन सुरु नहुँदै कति विद्यार्थी बाहिर गएका थिए?', उनले प्रश्न गरे, 'विदेश पठाउनेको धन्दा केसीकै कारण बन्द भएको छ। नेपालको विश्वविद्यालयमा मेडिकल प्रवेश परीक्षा पास नगरी पढ्न जान पाउँदैन भनेपछि नै संख्या घटेको छ। दुई हजारबाट घटेर एकैपटक चार सयमा आएको छ।' 

थापाले डाक्टर पढ्न गएकामध्ये ९० प्रतिशत विद्यार्थी नेपालमा पढ्न नपाएर गएका नभई छात्रवृत्तिमा गएका बताए।

'चार सय मेडिकल कलेज खोले पनि त्यति विद्यार्थी जाने क्रम रोकिन्न', उनले भने, 'यहाँ मेडिकल कजेज कम भएर विद्यार्थी बाहिर गएका होइनन्। जानकी र नेसनल लगायतका मेडिकल कलेजले विद्यार्थी पाउनै छोडिसके।' 

आफ्ना गाउँका अस्पतालमा डाक्टर नगएको भनेर संसदमा कुरा उठाउने सांसदलाई डा केसीको पक्षमा उभिन थापाले आग्रह गरे। 

'डा केसीको माग सम्बोधन भयो भने त्यहाँ पनि डाक्टर पुग्ने कुराको सुनिश्चितता हुन्छ', उनले भने।

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
टेकुमा प्लास्टिक गोदाममा आगलागी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्