काठमाडौँ- काठमाडौंका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा र विष्णुमती नदीमा बाढीको बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
वर्षासँगै काठमाडौँको धोवीखोला, बागमती, शालीनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको हो।
विभागका अनुसार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा वर्षा सुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा भएको छ। दक्षिणी क्षेत्रमा पनि फाट्टफुट्ट वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।