• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फ्रि भिसा र फ्रि टिकट लागू भएको ३ वर्षमा कामदार ठगिने क्रम उस्तै, २७ सय उजुरी

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  ०२:२०
1140x725

काठमाडौं– सरकारले मलेसियासहित साउदी, कतार, कुवेत, ओमान, बहराइन र जोर्डन जाने कामदारका लागि तीन वर्षअघि फ्रि–भिसा र फ्रि–टिकट लागू गरेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी देशमा फ्रि–भिसा र फ्रि–टिकट लागू गर्ने निर्णय २०७२ साल साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो। उक्त निर्णय लागू भएयता रोजगारपीडितहरुले २ हजार ७ सय ५० वटा उजुरी वैदेशिक रोजगार विभागमा दर्ता गराएका छन्।

विभागको उजुरी शाखाका अनुसार, ती उजुरीहरुमा साढे दुई अर्बभन्दा बढी बिगोदाबी गरिएको छ। फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउँदा रोजगार व्यवसायीहरुले बढी रकम लिएको भन्दै पीडितहरुले २ अर्ब ७१ करोड ६१ लाख ६९ हजार ६ सय ८१ रुपैयाँ बिगोदावी गरेका हुन्। 

फ्रि–भिसा र फ्रि–टिकटको निर्णय लागू भएको ३ वर्ष बितिसक्दा पनि रोजगारीका लागि विदेशिने कामदारले यसको लाभ पूर्णरुपमा लिन पाएका छैनन्। फ्रि–भिसा र फ्रि–टिकटमार्फत विदेशिने कामदारको यकिन संख्या कति छ भन्नेमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विभागसँगै कुनै तथ्यांक छैन। 

तीन वर्षको अवधिमा परेका उजुरीहरुमध्ये १ हजार ५ सय ५२ उजुरीको छिनोफानो गरेको विभागले जनाएको छ। जस अनुसार २ अर्ब ७१ करोड ६१ लाख बिगोदाबी गरिएकोमा विभागले पीडितहरुलाई १ अर्ब ८५ करोड ७६ लाख बिगो भराउन सफल भएको दाबी गरेको छ। 

ठगिने क्रम जारी, मन्त्रालय भन्छ- अध्ययन र सुधार समिति बनाएर काम गर्दै छौं

वैदेशिक रोजगारीमा राज्यले तोकेकोभन्दा कैयौं गुणा बढी रकम तिरेर अहिले पनि युवा जान बाध्य छन्। 

नेपाल राष्ट्र बैंकले जेठमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार १५ प्रतिशत कामदारले मात्र फ्रि–भिसा र फ्रि–टिकटको उपभोग गर्ने गरेका छन्। ती बाहेकका कामदार चर्को रकम तिरेर विदेश गइरहेको प्रतिवेदनमा उल्लेख छ। 

फ्रि–भिसा र फ्रि–टिकटको नियमन गर्ने अधिकार पाएको संस्था वैदेशिक रोजगार विभागले प्रभावकारी अनुगमन नगर्दा कामदार ठगिने क्रम कायमै रहेको पीडितहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहाल भने फ्रि–भिसा र फ्रि–टिकट कडाइका साथ कार्यान्यवन गर्न सरकार लागिपरेको दाबी गर्छन्। 

‘यो समस्या निराकरण गर्न मन्त्रालयले अध्ययन र सुधार समिति नै गठन गरेर काम गरिरहेको छ’, उनले भने।

विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले कामदारसँग बढी रकम लिने मेनपावर कम्पनीलाई एक लाखभन्दा बढी जरिवानाका साथै काम–कारबाही रोक्का गर्नेसम्मको कारबाही गर्ने गरेको बताए। 

‘तोकेभन्दा बढी रकम लिने संस्थालाई तत्काल पीडितले दिएको उजुरीका आधारमा क्षतिपूर्ति भराउन लगाउँछौं’, आचार्यले भने।

वैदेशिक रोजगार संघका पूर्वउपाध्यक्ष हरि पाण्डे भने सरकारले रोजगारदाता देशसँग परामर्श नै नगरी हचुवाका भरमा फ्रि–भिसा र फ्रि–टिकट लागू गरेकाले यसको कार्यान्वयनमा समस्या देखिएको बताउँछन्।

राज्यले फ्रि–भिसा र फ्रि–टिकट सम्बन्धी कडा कानुन बनाएर अनुगमन गर्न नसक्दा त्यसको फाइदा रोजगार व्यवसायीहरुले उठाएको सरोकारवालाहरुको आरोप छ।   

फ्रि–भिसा र फ्रि–टिकट बाहेकमा पनि ठगी

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, फ्रि–भिसा फ्रि–टिकट लागू भएपछि १५ लाखभन्दा बढी युवा रोजगारको खोजीमा विभिन्न देश पुगेका छन्। यो तीन वर्षमा रोजगारपीडितले संस्थागत र व्यक्तिगत गरी ५ हजारभन्दा बढी उजुरी विभागमा गरेका छन्। 

फ्रि भिसा फ्रि टिकट लागू भएका बाहेकका देशहरुमा जाँदा पनि कामदारहरु बढी रकम तिर्न बाध्य छन्। रोजगारीमा जाने कामदारमध्ये वार्षिक १० हजारभन्दा बढी पीडित हुने गरेको मन्त्रालयको एक अध्ययनले जनाएको थियो। अहिले पनि वैदेशिक रोजगारीमा जाने कामदारले देशअनुसार ७० हजारदेखि ४ लाखसम्म तिर्न बाध्य छन्। 

फ्रि–भिसा फ्रि–टिकट लागू भएपछि धेरै उजुरी परेका कम्पनी

सरकारले फ्रि–भिसा फ्रि–टिकट लागू गरेयता रोजगारपीडितहरुले एउटै मेनपावर कम्पनीका नाममा ३७ वटासम्म उजुरी विभागमा दर्ता गरेका छन्। बढी रकम लिएका कम्पनीका नाममा पीडितले उजुरी गरेका हुन्।

तीन वर्षको अवधिमा एक सयभन्दा धेरै मेनपावर कम्पनीका नाममा सरदर ५ वटाभन्दा बढी उजुरी परेको विभागको शाखाले जनाएको छ। वैदेशिक रोजगार ऐनमा एउटै मेनपावरका नाममा ४ पटकभन्दा बढी उजुरी परेमा विभागले खारेजीका लागि सिफारिस गर्नसक्ने व्यवस्था छ। यस अवधिमा ४४ वटा कम्पनीलाई कारबाही गरिएको विभागले जनाए पनि कुनैलाई पनि खारेज गरेको छैन।

तीन वर्षयता धेरै उजुरी परेका मेनपावर कम्पनीहरुः  

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ०२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्