काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन्।
२०५औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन, कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी छ।’ भानुभक्तले साहित्यमार्फत समाज सुधारका लागि ठूलो योगदान दिएको पनि प्रधानमन्त्रीले स्मरण गरे।
प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको जिकिर गरे।
प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन्। ‘तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषद्मा निर्णय गरेर सम्बोधन गरिनेछ।’, प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए।
उनले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।