काठमाडौं- ताप्लेजुङमा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम नतिजाअनुसार कुल ९ वटा स्थानीय तहमध्ये सत्ता गठबन्धनले ६ वटामा जित हासिल गरेको छ। जसमा नेपाली कांग्रेसले एकमात्र नगरपालिका फुङलिङसहित ४ वटामा र नेकपा माओवादीले २ वटा तहहरूमा विजयी भएको छ। त्यस्तै नेकपा एमाले ३ वटा स्थानीय तहमा निर्वाचित भएको छ।
ताप्लेजुङमा २०७४को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ स्थानमा जितेको थियो। यस्तै, एमालेले नगरपालिकासहित ५ स्थानमा जितेको थियो। र, माओवादीले २ स्थानमा उप-प्रमुखमा मात्र विजयी भएको थियो।
२०७४को स्थानीय तहको नतिजा र २०७९को नतिजा र उम्मेदवार यसप्रकार रहेको छ–
१.आठराई त्रिवेणी गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
दिपेन्द्र पोमु/एमाले - ३०३६
विश्वनाथ सिटौला/कांग्रेस- २५२६
उपप्रमुख
शान्ताकुमारी आङ्बुहाङ/एमाले- २८१९
प्रजिन हाङवाङ/माओवादी- २४१२
२०७४ को निर्वाचनमा
विश्वनाथ सिटौला/कांग्रेस- २२२७(प्रमुख)
मन्जु पौडेल भट्टराई/एमाले- २१८१(उपप्रमुख)
विश्वनाथ सिटौलाले वैशाख ३० को निर्वाचनमा कांग्रेसबाट पुनः उम्मेदवारी दिएका थिए।
२.फक्ताङलुङ गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
राजन लिम्बू/माओवादी केन्द्र- २६६०
सरोज लिम्बू/एमाले- २३१२
उपप्रमुख
रबिन साम्रा लिम्बू/कांग्रेस- २३५८
शान्तिमाया लिम्बू (पौडेल)/एमाले- २२१२
२०७४ को निर्वाचनमा
सरोज लिम्बू/एमाले- १९९८(प्रमुख)
फूलमाया लिम्बू/एमाले- १८८८(उपप्रमुख)
सरोज लिम्बूले वैशाख ३० को निर्वाचनमा एमालेबाट पुनः उम्मेदवारी दिएका थिए।
३. फुङलिङ नगरपालिका
२०७९को निर्वाचनमा
प्रमुख
अमिर मादेन/कांग्रेस- ६१७१
छत्रपति प्याकुरेल/एमाले- ३८९२
उपप्रमुख
भीमादेवी ओझा/एमाले- ४२७७
बमबहादुर भट्टराई/माओवादी केन्द्र- ३८४४
२०७४को निर्वाचनमा
छत्रपति प्याकुरेल/एमाले- ३८९५(प्रमुख)
बमबहादुर भट्टराई/माओवादी केन्द्र- ३१२९(उपप्रमुख)
प्याकुरेल र भट्टराई सम्बन्धित पार्टीबाट पुनः उम्मेदवार बनेका थिए।
४. मिक्वाखोला गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
भक्तबहादुर कार्की/कांग्रेस- २०२३
दिवश लिम्बू/एमाले- १९६४
उपप्रमुख
डण्डु शेर्पा लामा/माओवादी केन्द्र-२१७४
मिना कुमारी केदेम/एमाले- १७४३
२०७४को निर्वाचनमा
राम कुमार सांवा/एमाले-१४८४(प्रमुख)
रुद्र कुमारी सांवा/कांग्रेस- १४८९(उपप्रमुख)
५. मेरिङदेन गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
युक हां विर(डम्बर) हांगाम/कांग्रेस- २८६९
केदारजङ्ग लिम्बू/एमाले-२७७०
उपप्रमुख
दुर्गाप्रसाद श्रेङ चङ्वाङ/ (एकीकृत समाजबादी)- २५९८
दावा छरिङि शेर्पा/एमाले- १६५७
२०७४को निर्वाचनमा
गणेश बहादुर लिम्बू/कांग्रेस- २३००(प्रमुख)
कल्पना लिम्बू/ एमाले- २३३४(उपप्रमुख)
६. मैवाखोला गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
विजय प्रकाश वनेम/माओवादी केन्द्र- २६०९
राजनकुमार थक्लुङ/एमाले-२०५२
उपप्रमुख
कमलकुमारी लिम्बू/कांग्रेस-२५४१
कौशिला थक्लुङ लिम्बू/एमाले-२१०१
२०७४को निर्वाचनमा
राजनकुमार थक्लुङ/एमाले- १८१८(प्रमुख)
कौशिला लिम्बू/एमाले- १९५१(उपप्रमुख)
७.पाथीभरा याङवरक गाउँपालिका
२०७९को निर्वाचनमा
केशरकुमार सुब्बा/एमाले- २८९८
रामकुमार थेवे/कांग्रेस-२८७४
उपप्रमुख
रन माया गुरुङ/एमाले- ३१८६
कुमार सुब्वा लिम्बू/माओवादी केन्द्र- १७९१
२०७४को निर्वाचनमा
केशर कुमार सुब्बा/एमाले- २५१७(प्रमुख)
रन माया गुरुङ/एमाले- २४७४(उपप्रमुख)
८.सिदिङ्वा गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
मान बहादुर राई/एमाले- ३०८५
प्रदीप राई/काँग्रेस- २३८२
उपप्रमुख
कृष्णकुमारी कडरिया/ माओवादी केन्द्र- २३७६
जीवन कुमार ताम्लङि/ स्वतन्त्र- २३७५
२०७४को निर्वाचनमा
नरबहादुर कडरिया/कांग्रेस- २५३७(प्रमुख)
जीवनकुमार ताम्लिङ/माआवादी केन्द्र-२०३४(उपप्रमुख)
९.सिरिजङ्घा गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
लालकृष्ण चौहान/कांग्रेस- ३३४३
सन्तोष कुमार चाम्लिङ/एमाले- ३२७५
उपप्रमुख
चित्र कुमार लिम्बू /माओवादी केन्द्र- ३५४६
तुलसा बस्नेत/एमाले- २४२५
२०७४को निर्वाचनमा
टीकाराम गुरुङ/कांग्रेस- २३७८(प्रमुख)
ज्ञानमाया चौहान/कांग्रेस- २१६६(उपप्रमुख)
०७४को तुलनामा अहिले माओवादीले आफ्नो अवस्थामा उल्लेख्य सुधार गरेको छ। त्यस्तै, कांग्रेसले संख्या नथपे पनि नगरपालिकासहित एमालेको पकड क्षेत्रमा आफूले विजय हासिल गरेको छ।
त्यसो त कांग्रेस-माओवादीलाई गठबन्धनको पनि लाभ भएको हुन सक्छ। यता एमालेले भने आफूले पहिला जितेका तहहरू गुमाउन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।